जिल्ला कैलाली, घोडाघोडी न.पा. ४ का छोटेलाल चौधरी र जिल्ला डडेलधुरा, अमरगढी न.पा. ३ का जनकराज बोहरा उपर भ्रष्टाचार मुद्दामा प्रतिकूल वकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।१०।१७ गते ।
----------------------------------------------------

जिल्ला कञ्चनपुर, भिमदत्त नगरपालिका वडा नं. २,१९ र कृष्णपुर नगरपालिका वडा नं. ६ मा आर्थिक बर्ष २०७३/०७४ मा पोष्ट हार्भेष्ट सेन्टर र कष्टम हायरिङ सेन्टर स्थापनाको लागि सञ्चालक समितिमा निकासा भएको रकम समितिले किसानहरुसँग छलफल नै नगरी आफूखुसी कृषि सामग्री खरिद गरी आर्थिक अनियमितता गरेको सम्बन्धमा अनुसन्धान भई सम्मानित विशेष अदालतमा दर्ता भएको मुद्दामा आयोगबाट सरकारी साक्षीको रुपमा पेश गरेका छोटेलाल चौधरी र जनकराज बोहराले अदालतमा वकपत्रका क्रममा प्रतिकूल वकपत्र गरेको भन्ने सम्बन्धमा अनुसन्धान हुँदा विशेष अदालत, काठमाडौंमा दर्ता भएको प्रतिवादी दशरथ भण्डारीसमेत भएको भ्रष्टाचार मुद्दामा छोटेलाल चौधरी र जनकराज बोहरालाई उक्त मुद्दाको अनुसन्धानको क्रममा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा पूर्ण छुट दिएर प्रतिवादी नबनाई सरकारी साक्षीको रुपमा पेश गरिएकोमा निजहरुले विशेष अदालत, काठमाडौंसमक्ष सरकारी साक्षीको रुपमा उपस्थित भई वकपत्र गर्दा आयोगबाट अनुसन्धानको क्रममा गरिएको वयानको व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि हुन आएकोले निजहरु छोटेलाल चौधरी र जनकराज बोहराले मुख्य प्रतिवादीहरु दशरथ भण्डारी र टंकप्रसाद रिजालले गरेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ञ) बमोजिम कसुरको मतियार भई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसुर गरेको हुँदा निजहरु छोटेलाल चौधरी र जनकराज बोहरालाई ऐ. ऐनको दफा २२ बमोजिम मुख्य कसुरदार दशरथ भण्डारीसमेतलाई हुने ऐ.ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजायको आधा सजाय हुन मागदावी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download Download
  

Other Press Release

जिल्ला धनुषा, सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रंजित कुमार यादव, वडा अध्यक्षसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/14
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/11
जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/10
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेल उपर बिगो रू.६,२६,९३,१२९।८२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/09
हँसपुर नगरपालिका, धनुषाका तत्कालीन उपप्रमुख रेणु देवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मंडलसमेत ९ जना र देव कन्स्ट्रक्सन उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/07