जिल्ला नवलपरासी, (बर्दघाट-सुस्ता पश्चिम) सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसक्याम्प, सेमरीमा कार्यरत सशस्त्र प्रहरी जवान मुख्तार देवान उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।


प्रेस विज्ञप्ति:- मिति २०७९।१०।०४ गते ।
----------------------------------------------------
जिल्ला नवलपरासी, (बर्दघाट-सुस्ता पश्चिम) सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसक्याम्प, सेमरीमा कार्यरत सशस्त्र प्रहरी जवान मुख्तार देवानले महेशपुर सीमा नाकाबाट सामानहरु खरिद गरी ल्याउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज सशस्त्र प्रहरी जवान मुख्तार देवानलाई सेवाग्राहीबाट रु. ७,०००।– (सात हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७९।०८।०९ गते नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा वेश क्याम्प, सेमरी नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) मा कार्यरत सशस्त्र प्रहरी जवान मुख्तार देवानले सिमा नाकाबाट ब्यापारिक प्रयोजनका लागि सामान ल्याउँदा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग रु.७,०००।-घुस/रिसवत माग गरी लिएको पुष्टी हुन आएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिमको कसुर भएको हुँदा निज सशस्त्र प्रहरी जवान मुख्तार देवानलाई उल्लेखित कसुरमा विगो रु.७,०००।- (सात हजार रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना एवं सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम कैद सजाय हुन मागदावी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

 प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download Download
  

Other Press Release

जिल्ला ताप्लेजुङ, फुङलिङ नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, ताप्लेजुङका (अधिकृत स्तर छैटौं) इन्जिनियर मो.अख्तर हुसैन उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/07/23
जिल्ला धनुषा, श्री माध्यमिक विद्यालय बरमझियाका राहत शिक्षक ब्रहमदेव यादव उपर झुट्टा तथा नक्कली अध्यापन अनुमति पत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/07/09
जिल्ला कास्की, दुर्गा आधारभूत विद्यालयका तत्कालीन शिक्षक बोधराज पौडेल उपर झुट्टा विबरण पेश गरी शिक्षक नियुक्ति लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/07/09
नरहा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, सिरहाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भवेश कुमार झा र तत्कालीन लेखापाल सुरेश कुमार कुसियैत उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/07/09
पशु अस्पताल तथा पशुसेवा कार्यालय, मुगुका कार्यालय प्रमुख भिम चन्द्र बुढासमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/07/07
जिल्ला काठमाडौं, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति, नयाँ बानेश्वरमा सहायक (चौथो) पदमा कार्यरत चन्दा शाह उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/07/07
प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, जलेश्वर, महोत्तरीमा होमियोप्याथी चिकित्सक (अधिकृत आठौं) पदमा कार्यरत संगिता कुमारी साह उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/07/07