बलवा नगरपालिका नगर कार्यपालिकाको कार्यालय, महोत्तरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बालविर ठाकुर, सव-इन्जिनियर, अनुगमन तथा उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०९।२६ गते ।
----------------------------------------------------

जिल्ला महोत्तरी बलवा नगरपालिका वडा नं. ३ मा आ.व. २०७४/०७५ मा सडक ढलानको लागि विनियोजित रकम दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा बलवा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय अन्तर्गत रहेको परिक्रमा रोडदेखि ईदरिश नदाफको घर हुँदै विजलवा टोलको तारगाछीसम्म पी.सी.सी. र मुस्लिम सामुदायिक भवन निर्माण योजनामा नभए नगरेको कार्यलाई भएको गरेको भनी नापी गरी बदनियतपूर्वक कार्य सम्पन्न प्रतिवेदनमा रू.१,०८,९५३।२२ को कार्य बढी मूल्याङ्कन गरेर झुट्टा विल स्वीकृत गरी भुक्तानी गरेको देखिँदा यसरी बद्‍नियतपूर्वक नभएको नगरेको कार्य देखाई भएको गरेको भनी गलत नापी किताब र कार्य सम्पन्न प्रतिवेदनसम्म तयार गरी/गराई गलत भुक्तानी दिई/लिई भ्रष्टाचारजन्य काम गरेको पुष्टि हुन आएकोले उक्त भ्रष्टाचार कसूरमा संलग्न देहायबमोजिमका पदाधिकारीहरू र कर्मचारीहरूलाई देहायबमोजिमको सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)


प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

 

Download Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24