बलवा नगरपालिका नगर कार्यपालिकाको कार्यालय, महोत्तरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बालविर ठाकुर, सव-इन्जिनियर, अनुगमन तथा उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०९।२६ गते ।
----------------------------------------------------

जिल्ला महोत्तरी बलवा नगरपालिका वडा नं. ३ मा आ.व. २०७४/०७५ मा सडक ढलानको लागि विनियोजित रकम दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा बलवा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय अन्तर्गत रहेको परिक्रमा रोडदेखि ईदरिश नदाफको घर हुँदै विजलवा टोलको तारगाछीसम्म पी.सी.सी. र मुस्लिम सामुदायिक भवन निर्माण योजनामा नभए नगरेको कार्यलाई भएको गरेको भनी नापी गरी बदनियतपूर्वक कार्य सम्पन्न प्रतिवेदनमा रू.१,०८,९५३।२२ को कार्य बढी मूल्याङ्कन गरेर झुट्टा विल स्वीकृत गरी भुक्तानी गरेको देखिँदा यसरी बद्‍नियतपूर्वक नभएको नगरेको कार्य देखाई भएको गरेको भनी गलत नापी किताब र कार्य सम्पन्न प्रतिवेदनसम्म तयार गरी/गराई गलत भुक्तानी दिई/लिई भ्रष्टाचारजन्य काम गरेको पुष्टि हुन आएकोले उक्त भ्रष्टाचार कसूरमा संलग्न देहायबमोजिमका पदाधिकारीहरू र कर्मचारीहरूलाई देहायबमोजिमको सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)


प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

 

Download Download
  

Other Press Release

सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुर, पर्सामा बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ता पुनम देवी कुर्मी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाउपर बिगो रु.५,३३,५३,१८९।६६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10
श्री सदाशिव प्राथमिक विद्यालय, कास्कीकोट, कास्कीका तत्कालीन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदीसमेत २ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10