सबैला नगरपालिका नगर कार्यपालिकाको कार्यालय, धनुषाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बालविर ठाकुर, सव-इन्जिनियर, निर्माण सेवाका प्रोप्राइटरसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०९।२६ गते ।
----------------------------------------------------

जिल्ला धनुषा सबैला नगरपालिका वडा नं. ५ मा आ.व. २०७७।०७८ मा संचालन भएको योजनाहरूमध्ये सबैला नगरपालिका वडा नं. 5 स्थित मखन टोलमा विनोद यादवको घरदेखि रितलाल यादवको घर हुँदै भुल्ला कापरको घरसम्म माटो तथा ग्राभेल कार्यमा नभएको कामको बिल भरपाई पेस गरी रकम अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा जिल्ला धनुषा सबैला नगरपालिकाको आ.व. २०७७।०७८ मा संचालन भएको सबैला नगरपालिका वडा नं. ५ स्थित मखन टोलमा विनोद यादवको घरदेखि रितलाल यादवको घर हुँदै भुल्ला कापरको घरसम्म माटो तथा ग्राभेल कार्यको योजनामा फिल्डमा कम परिमाणको कामलाई बढी काम भएको नापी किताब तयार गरी मूल्याङ्कन गरेको तथा ठेक्का बिल र कार्य सम्पन्न प्रतिवेदनसमेत गलत लिखत तयार गरी भुक्तानीका लागि सिफारिस गरेको, लागत अनुमानको परिमाणमा कार्य सम्पन्न गर्नुपर्नेमा ठेकेदारले सो गर्न नसकेको, योजनाको भुक्तानीको सिफारिस गर्दा कम परिमाणको कार्यलाई प्राविधिक मापदण्ड अनुसार सम्पन्न भएको भनी वडा अध्यक्षले भुक्तानी सिफारिस गरी सरकारी रकम हिनामिना गर्ने कार्यमा भूमिका खेलेको, कम लागत अनुमानका टुक्रे योजना बनाई कार्यान्वयनमा लापरवाही गर्ने तथा फिल्डमा गरेका कार्यभन्दा बढी मूल्याङ्कन गराउने कसुर गरी भ्रष्टाचारजन्य काम गरेको हुन आएकोले उक्त भ्रष्टाचार कसूरमा संलग्न देहायबमोजिमका पदाधिकारीहरू र कर्मचारीहरूलाई देहायबमोजिमको सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 36 बमोजिम आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । क्रमश..

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

 

Download Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24