जिल्ला प्रशासन कार्यालय, पर्साका कम्प्युटर अपरेटर (करार) संजय प्रसाद यादव उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०७९।०९।२२ गते ।
----------------------------------------------------
जिल्ला प्रशासन कार्यालय, पर्साका कम्प्युटर अपरेटर (करार) संजय प्रसाद यादवले रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले निज कम्प्युटर अपरेटर संजय प्रसाद यादवलाई सेवाग्राहीसँग रु.५,०००/- (पाँच हजार रुपैया) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा मिति २०७९।०६।३१ गते नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा जिल्ला प्रशासन कार्यालय, पर्साका कम्प्युटर अपरेटर (करार) संजय प्रसाद यादवले सेवाग्राहीसँग जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भनी भाद्र महिनामा रु.६०००।- र मिति २०७९।०६।३१ गते रु.५०००।- गरी जम्मा रु.११,०००।- घुस/रिसवत लिएको पुष्टि हुन आएकोले निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निज संजय प्रसाद यादवलाई बिगो रु.११,०००।- (एघार हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र ऐ.ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र बिगोबमोजिम जरिवानाको सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
सहायक प्रवक्ता
देवी प्रसाद थपलिया
Tweet