कोटहीमाई गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, मझगाँवा, रुपन्देहीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत तथा बोलपत्र मूल्याङ्‍कन समितिका अध्यक्ष नेत्र प्रसाद घिमिरे, इन्जिनियर, निर्माण सेवाका प्रोप्राइटरहरुसमेत ७ जना उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०९।१३ गते ।
----------------------------------------------------

जिल्ला रुपन्देही, कोटहीमाई गा.पा. वडा नं. १ स्थित दानव नदीको सिपवा नाकाबाट नदीजन्य पदार्थ उत्खनन गर्न आ.व. ०७६।०७७ को टेण्डर प्रक्रियामा रकम बाँडेर टेण्डरको मुल्य घटाई ठेकेदारसँग आर्थिक लाभ लिई राज्यलाई हानिनोक्सानी गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कोटहीमाई गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, मझगाँवा, रुपन्देहीबाट आ.व. ०७६।०७७ मा भएको दानव नदीको सिपवा घाट बालुवा उत्खनन्, संकलन तथा विक्री वितरण ठेक्का ए.आर.के. निर्माण सेवालाई प्राप्त गराउन नविन निर्माण सेवा, ए.आर.के. निर्माण सेवा र दुबे जी निर्माण सेवाका प्रोप्राइटरहरुले आपसमा मिलेमतो गरी उक्त तीन वटै निर्माण सेवाको BOQ निरज श्रीवास्तव भन्ने जीवन श्रीवास्तवले भरी दर्ता गरे गराएको र उक्त तीन वटै निर्माण सेवाको BOQ मा लेखिएका हस्तलिखित अङ्क र अक्षर आँखाले हेरी एउटै व्यक्तिले लेखेको छुट्याउन सकिने अवस्थामा पनि बोलपत्र मूल्याङ्‍कन समितिले सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम बोलपत्र परीक्षण नगरी मूल्याङ्‍कन समितिका अध्यक्ष तथा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद घिमिरे, इन्जिनियर मोहम्मद नुरुल हुसेन खाँ, ए.आर.के. निर्माण सेवाका प्रोप्राइटर कमलेश प्रसाद बर्मा (कोहार), नविन निर्माण सेवाका प्रोप्राइटर जय प्रकाश लाल श्रीवास्तव, दुबे जी निर्माण सेवाका प्रोप्राइटर अशोक कुमार दुबे, निरज श्रीवास्तव भन्ने जीवन श्रीवास्तव र संदीप तिवारी भन्ने संदीप कुमार त्रिपाठीको मिलेमतोमा सबभन्दा बढी कबोल अङ्क रहेको निर्माण सेवाको BOQ बोलपत्र खोल्नु भन्दा अगाडिको अवधिमा परिवर्तन गराई एकभन्दा बढी व्यक्तिले अङ्क र अक्षर लेखी लेखाई बोलपत्रदाताको दस्तखत महलमा अर्कै दस्तखत गराई फर्मको छाप महलमा अर्कै छाप लगाई उक्त BOQ को कबोल रकमको अङ्क महलमा केरमेट एवं मुचुल्कामा अङ्क र अक्षरमा केरमेटसमेत गरी सहीछाप नगरेको कैफियत जनाई उक्त निर्माण सेवाको बोलपत्रलाई अयोग्य ठहर गरी उक्त ठेक्काको न्युनतम रकमभन्दा थोरै कबोल अङ्क रहेको ए.आर.के. निर्माण सेवालाई ठेक्का दिई रु.४३,७०,०००।- राजस्व चुहावट गरी भ्रष्टाचारजन्य कसुर गरेकोले देहाय बमोजिमका आरोपितहरुलाई देहायबमोजिमको सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३५ को उपदफा (१) बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । क्रमश....

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नु होला)

प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

Download Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24