खाँडाचक्र नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, कालिकोटमा कार्यरत सहायकस्तर पाँचौ (नायव सुब्वा) दिपकराज देवकोटा उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०९।१२ गते ।
----------------------------------------------------

जिल्ला कालिकोट, खाँडाचक्र नगरपालिकाले पोल्ट्री वंगुर फार्मसँग ४२० कुखुरा उपलब्ध गराउने गरी सम्झौता गरेतापनि नायब सुब्बा दिपकराज देवकोटाले उक्त फार्मको नाममा भुक्तानी लिई चेक लुकाएर फार्मसँग घुस/ रिसवत मागेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा खाँडाचक्र नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, कालिकोटमा कार्यरत सहायकस्तर पाँचौ (नायव सुब्वा) दिपकराज देवकोटाले खाँडाचक्र नगरपालिकाद्धारा वडा नं. ३ र ४ मा लघु उद्यम विकास अन्तर्गत कुखुरा पालन सीप विकास तालिम कार्यक्रममा कुखुराको साकोनी जातको चल्ला मात्र सम्झौताकर्ताबाट खरिद गरी तालिम कार्यक्रम आफैंले सञ्चालन गर्ने भनी आफैंले गरेको सम्झौताको शर्त पूरा नगरी पूरा समयावधि तालिम सञ्चालन नगरी जम्मा १ दिन मात्र तालिम सञ्चालन गरी १५ दिन सञ्चालन गरेको देखाई कार्यक्रम पूर्ण रुपमा सञ्चालन भएको भनी झुट्टा विल भरपाई तथा कागजात तयारी गरी कार्यालयमा पेश गरी भुक्तानी लिई रु.१,९७,८९५।- हिनामिना गरेको हुँदा निज नायब सुब्बा दिपक राज देवकोटाको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) को देहाय (ङ) बमोजिम कसुर भएकोले निज दिपकराज देवकोटालाई रू.१,९७,८९५।- (एक लाख सन्तानब्बे हजार आठ सय पन्चानब्बे रुपैँया) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) वमोजिम कैद र विगो वमोजिम जरिवाना गरी कायम हुन आएको विगो असुल उपर हुन मागदाबी लिइएको छ ।

साथै, निज दिपकराज देवकोटाले पोल्ट्री बंगुर फार्मलाई रु.१,८०,१८०।- सम्झौता अनुसार कुखुरा चल्लाको भुक्तानी दिनुपर्नेमा उक्त रकमबाट रु.३०,१८०।- चेकमार्फत घुस/रिसवतवापत लिएको देखिंदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र ऐ.ऐ. दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम कसुर गरेकोले निजलाई रु.३०,१८०।- (तीस हजार एक सय असी रुपैँया) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) अनुसार कैद र बिगोबमोजिम जरिवाना एवं रिसवत लिएको रकमसमेत जफत हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । 


प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24