नापी कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन नापी अधिकृतहरु ध्रुवराज मरासिनी र विन्देश्वर यादव, सर्भेक्षक तथा प्रथम तहका जग्गाधनीसमेत १४ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०९।०५ गते ।
----------------------------------------------------


जिल्ला रुपन्देही, साबिक दुधराक्ष गा.बि.स. वडा नं. ७क र ऐ.गा.बि.स. वडा नं. २क को जग्गा नापी कार्यालय, रुपन्देहीका कर्मचारी तथा जग्गाधनीसमेत मिली फायल नक्सा तयार गर्दा सार्वजानिक कुलोको जग्गासमेत समावेश गरी नक्सा तयार गरी सार्वजनिक कुलो जग्गा व्यक्ति विशेषको नाममा कायम गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जग्गा नापजाँच नियमावली, २०५८ को नियम २२ को उपनियम (३) को खण्ड (छ) तथा नापी शाखा एवं नापी गोश्वाराको कार्यविधि, २०६० लगायतका  नियम विपरीत बदनियत राखी व्यक्तिगत लाभ लिने उद्देश्यका साथ जग्गाधनीसँग मिलेमतो गरी जिल्ला रुपन्देही साबिक दुधराक्ष गा.बि.स. वडा नं. ७क को कित्ता नं. ८५४ को पूर्व र उत्तर पूर्वतर्फको सरकारी सार्वजनिक कुलोको ४१७.८६ वर्गमिटर क्षेत्रफल र ऐ.गा.बि.स. २क को कित्ता नं. ६५२ मा दक्षिणतर्फको सार्वजनिक कुलोको ७६.८७ वर्गमिटर क्षेत्रफल गरी जम्मा ४९४.७३ वर्गमिटर जग्गा फायल नक्सा बनाउँदा व्यक्ति विशेषको जग्गामा घुसाएको देखिएको र साबिक दुधराक्ष गा.बि.स. वडा नं. १ देखि ९ सम्मको भित्री ग्राभेल सडक भएको जग्गाको आ.व. २०७९/०८० को प्रतिकठ्ठा न्यूनतम मुल्यांकन अनुसार उक्त घुसाएको जग्गाको रु.१०,६५,२०५।५० (दश लाख पैसठ्ठी हजार दुई सय पाँच रुपैंया पचास पैसा) बराबरको सरकारी सार्वजनिक जग्गा घुसाई फायल नक्सा तयार गर्ने नापी कार्यालय भैरहवाका कर्मचारीहरु तथा उक्त जग्गा खरिद बिक्री गर्ने व्यक्तिहरुको हकमा निम्नबमोजिमको सजायको मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download Download
  

Other Press Release

जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुर, पर्सामा बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ता पुनम देवी कुर्मी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाउपर बिगो रु.५,३३,५३,१८९।६६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10
श्री सदाशिव प्राथमिक विद्यालय, कास्कीकोट, कास्कीका तत्कालीन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदीसमेत २ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10
जिल्ला कालिकोट, पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद कुस्मासमेत ८ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/09
कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेल, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनालसमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/09