कैलाली जिल्ला अन्तर्गत सञ्चालित राष्ट्रिय उच्च माध्यमिक विद्यालय खैलाडका उच्च माध्यमिक विद्यालय संयोजक मथुरा चौधरी उपर शैक्षिक योग्यताको झुट्टा (नक्कली) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०७९।०८।१८ गते ।
----------------------------------------------------
कैलाली जिल्ला अन्तर्गत सञ्चालित राष्ट्रिय उच्च माध्यमिक विद्यालय खैलाडका उच्चमाध्यमिक विद्यालय संयोजक मथुरा चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्रहरु छानविन गरिपाँउ भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज मथुरा चौधरीले राष्ट्रसेवकको ओहदा लिई सोबाट लाभ लिने उद्देश्यले स्नातक तहको नक्कली Transcript, Provisional Certificate, Character Certificate हरु पेश गरी माध्यमिक तहको स्थायी शिक्षक पदमा नियुक्त भई कार्य गरेको पुष्टि हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएकोले निज मथुरा चौधरीउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
प्रवक्ता
श्याम प्रसाद भण्डारी
Download Download