जिल्ला मुगु, छाँयानाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्वर सारु, लेखा अधिकृत र प्राविधिक सहायक गरी ३ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना तथा गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०८।१२ गते ।
----------------------------------------------------

मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका कार्यालयबाट २०७५।०७६ मा संचालित हिउँदे फलफूल बिरुवा स्याउ, दाँते ओखर, च्याउको विउ तथा जैविक विषादी खरिद वितरण कार्यक्रममा लक्ष्य बमोजिमको बिरुवा नल्याई झुट्ठा बिल भरपाई पेश गरी नगरपालिकाका कृषि शाखा प्रमुखले रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा छायाँनाथ नगरपालिकामा आ.व. २०७५।०७६ को हिउँदे फलफूल विरुवा लगायतका सामाग्री वितरण कार्यक्रममा विरुवा खरिद गर्दा वास्तविक लागेको रकमभन्दा बढीको झुट्टा विल र विरुवा ढुवानीवापत भुक्तानी दिएको भनी कार्यक्रम बजेट रकम र कृषकहरुबाट उठाएको रकम गरी जम्मा रु.२,२३,१००।-को झुट्टा बिल, भरपाई बनाई भुक्तानी लिई आफूलाई गैरकानुनी लाभ पुर्‍याएको र नगरपालिकालाई गैरकानूनी हानी पुर्‍याएको पुष्टि भएकोले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय खण्ड (ङ) बमोजिमको कसुर गरेकोले छाँयानाथ रारा नगरपालिकाका प्राविधिक सहायक उमाकान्त भण्डारीलाई रु.२,२३,१००।- (दुई लाख तेइस हजार एक सय रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद एवं बिगोबमोजिम जरिवाना र उक्त बिगो असुल उपर हुन समेतको मागदाबी लिइएको छ ।

साथै, छाँयानाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्वर सारु र लेखा अधिकृत लोकेन्द्र रावतले पेश्की फर्छ्यौट गराउँदा नगरप्रमुखको अध्यक्षतामा बसेको बैठकको निर्णयानुसार बिरुवा वितरण गर्दा उठेको रकम बिरुवाको ढुवानीमा खर्च गरी सो बाहेक विरुवा खरिद लगायत बाँकी कामको लागि मात्र नगरपालिकाको बजेटबाट भुक्तानी दिनुपर्नेमा पेश्की फर्छ्यौट गर्दा पेश गरिएको विरुवा वुझेको भरपाईमा रकम उठाएको देखिँदादेखिँदै उल्टो नगरपालिकाको तर्फबाट दोहोरो ढुवानी भुक्तानी गरी नगरपालिकालाई रु. १,६१,०००।-  हानिनोक्सानी भएको हुँदा नेपाल सरकारको वा सार्वजनिक संस्थाको सम्पत्ति लापरबाही वा बद्‍नियत गरी हिनामिना, हानिनोक्सानी गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएकोले निजहरु पिताम्वर सारु र लोकेन्द्र रावतलाई बिगो रु. १,६१,०००।-  (एक लाख एकसट्ठी हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम कैद सजाय एवं बिगोबमोजिम जरिवाना हुन र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम हानिनोक्सानी गरेको रकम निजहरुबाट असुल उपर हुन समेतको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।   

प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

Download Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24