कृषि ज्ञान केन्द्र, जुम्लाका तत्कालीन प्रमुख (उपसचिव) डा. तपेन्द्र बहादुर शाह, सब-इन्जिनियर महेश बुढ्थापा, उपभोक्ता समितिका अध्यक्षसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।



प्रेस विज्ञप्ति :- मिति २०७९।०८।०८ गते ।
-------------------------------------------------

 जिल्ला मुगु, छायाँनाथ रारा नगरपालिका वडा नं. ४ स्थित गैराज्युला सिँचाई आयोजनामा गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कृषि ज्ञान केन्द्र जुम्लाका तत्कालीन प्रमुख (उपसचिव) डा. तपेन्द्र बहादुर शाह र सब-इन्जिनियर महेश बुढ्थापाले जिल्ला मुगु छायाँनाथ रारा नगरपालिका वडा नं. ४ बालैस्थित गैराज्युला कृषि सिँचाई आयोजनामा यथार्थ र वास्तविक नाँपजाच गरी कार्य मूल्याङ्‍कन गर्नुको साटो बद्‍नियत राखी नभए नगरेको कुरा देखाई योजनास्थलमा वास्तविक भएको कामभन्दा बढी रकम मूल्याङ्‍कन गरी झुठ्ठा बिल भरपाई, नापी किताब, मूल्याङ्‍कन बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी गराई रु. २,११,३१६।२६ बढी रकम उपभोक्ता समितिलाई भुक्तानी गरी नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको पुष्टि हुन आएकोले निजहरु तपेन्द्र बहादुर शाह र महेश बुढ्थापाले गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) द्वारा परिभाषित कसुर भएकोले निजहरु उपर बिगो रु.२,११,३१६।२६ (दुई लाख एघार हजार तीन सय सोह्र रुपैयाँ छब्बीस पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर हुन एवं सब-इन्जिनियर महेश बुढ्थापाले नक्कली बिल भरपाई, नापी किताब, कार्यसम्पन्न प्रतिवेदन बनाई पेश गरेको र सोही नापी किताब एवं कार्य सम्पन्न प्रतिवेदनलाई एकिन नगरी हचुवाको भरमा स्वीकृत गरी तत्कालीन प्रमुख (उपसचिव) डा. तपेन्द्र बहादुर शाहले उपभोक्ता समितिलाई रु.२,११,३१६।२६ बढी भुक्तानी दिने बदनियतले गलत प्रतिवेदन दिने कार्य गरी निजहरुले भ्रष्टाचार निवारण ऐेन २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरसमेत गरेको हुँदा निजहरु तपेन्द्र बहादुर शाह र महेश बुढ्थापालाई ऐ. ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवाना हुनसमेत मागदाबी लिइएको छ ।

साथै गैराज्युला कृषि सिँचाई निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष बाँच बहादुर सेजुवाल, सचिव माया के.सी. भाम र कोषाध्यक्ष बिजकन्या भामले जिल्ला मुगु छायाँनाथ रारा नगरपालिका वडा नं. ४ बालैस्थित गैराज्युला कृषि सिँचाई आयोजनामा झुठ्ठा नापी किताब, मूल्याङ्‍कन बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी गराई आयोजनास्थलमा वास्तविक भएको कामभन्दा बढी मूल्याङ्‍कन गरी गराई रु.२,११,३१६।२६ बढी रकम भुक्तानी लिई नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको हुँदा निजहरुलाई बिगो रु.२,११,३१६।२६ (दुई लाख एघार हजार तीन सय सोह्र रुपैयाँ छब्बीस पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिमको सजाय हुन एवं बिगो जफत हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।


प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download Download
  

Other Press Release

जिल्ला ताप्लेजुङ, फुङलिङ नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, ताप्लेजुङका (अधिकृत स्तर छैटौं) इन्जिनियर मो.अख्तर हुसैन उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/07/23
जिल्ला धनुषा, श्री माध्यमिक विद्यालय बरमझियाका राहत शिक्षक ब्रहमदेव यादव उपर झुट्टा तथा नक्कली अध्यापन अनुमति पत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/07/09
जिल्ला कास्की, दुर्गा आधारभूत विद्यालयका तत्कालीन शिक्षक बोधराज पौडेल उपर झुट्टा विबरण पेश गरी शिक्षक नियुक्ति लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/07/09
नरहा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, सिरहाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भवेश कुमार झा र तत्कालीन लेखापाल सुरेश कुमार कुसियैत उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/07/09
पशु अस्पताल तथा पशुसेवा कार्यालय, मुगुका कार्यालय प्रमुख भिम चन्द्र बुढासमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/07/07
जिल्ला काठमाडौं, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति, नयाँ बानेश्वरमा सहायक (चौथो) पदमा कार्यरत चन्दा शाह उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/07/07
प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, जलेश्वर, महोत्तरीमा होमियोप्याथी चिकित्सक (अधिकृत आठौं) पदमा कार्यरत संगिता कुमारी साह उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/07/07