कृषि ज्ञान केन्द्र, जुम्लाका तत्कालीन प्रमुख (उपसचिव) डा. तपेन्द्र बहादुर शाह, सब-इन्जिनियर महेश बुढ्थापा, उपभोक्ता समितिका अध्यक्षसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।



प्रेस विज्ञप्ति :- मिति २०७९।०८।०८ गते ।
-------------------------------------------------

 जिल्ला मुगु, छायाँनाथ रारा नगरपालिका वडा नं. ४ स्थित गैराज्युला सिँचाई आयोजनामा गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कृषि ज्ञान केन्द्र जुम्लाका तत्कालीन प्रमुख (उपसचिव) डा. तपेन्द्र बहादुर शाह र सब-इन्जिनियर महेश बुढ्थापाले जिल्ला मुगु छायाँनाथ रारा नगरपालिका वडा नं. ४ बालैस्थित गैराज्युला कृषि सिँचाई आयोजनामा यथार्थ र वास्तविक नाँपजाच गरी कार्य मूल्याङ्‍कन गर्नुको साटो बद्‍नियत राखी नभए नगरेको कुरा देखाई योजनास्थलमा वास्तविक भएको कामभन्दा बढी रकम मूल्याङ्‍कन गरी झुठ्ठा बिल भरपाई, नापी किताब, मूल्याङ्‍कन बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी गराई रु. २,११,३१६।२६ बढी रकम उपभोक्ता समितिलाई भुक्तानी गरी नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको पुष्टि हुन आएकोले निजहरु तपेन्द्र बहादुर शाह र महेश बुढ्थापाले गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) द्वारा परिभाषित कसुर भएकोले निजहरु उपर बिगो रु.२,११,३१६।२६ (दुई लाख एघार हजार तीन सय सोह्र रुपैयाँ छब्बीस पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर हुन एवं सब-इन्जिनियर महेश बुढ्थापाले नक्कली बिल भरपाई, नापी किताब, कार्यसम्पन्न प्रतिवेदन बनाई पेश गरेको र सोही नापी किताब एवं कार्य सम्पन्न प्रतिवेदनलाई एकिन नगरी हचुवाको भरमा स्वीकृत गरी तत्कालीन प्रमुख (उपसचिव) डा. तपेन्द्र बहादुर शाहले उपभोक्ता समितिलाई रु.२,११,३१६।२६ बढी भुक्तानी दिने बदनियतले गलत प्रतिवेदन दिने कार्य गरी निजहरुले भ्रष्टाचार निवारण ऐेन २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरसमेत गरेको हुँदा निजहरु तपेन्द्र बहादुर शाह र महेश बुढ्थापालाई ऐ. ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवाना हुनसमेत मागदाबी लिइएको छ ।

साथै गैराज्युला कृषि सिँचाई निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष बाँच बहादुर सेजुवाल, सचिव माया के.सी. भाम र कोषाध्यक्ष बिजकन्या भामले जिल्ला मुगु छायाँनाथ रारा नगरपालिका वडा नं. ४ बालैस्थित गैराज्युला कृषि सिँचाई आयोजनामा झुठ्ठा नापी किताब, मूल्याङ्‍कन बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी गराई आयोजनास्थलमा वास्तविक भएको कामभन्दा बढी मूल्याङ्‍कन गरी गराई रु.२,११,३१६।२६ बढी रकम भुक्तानी लिई नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको हुँदा निजहरुलाई बिगो रु.२,११,३१६।२६ (दुई लाख एघार हजार तीन सय सोह्र रुपैयाँ छब्बीस पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिमको सजाय हुन एवं बिगो जफत हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।


प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24