जिल्ला सल्यान, शारदा नगरपालिका, वडा नं. २, लुहापिङ्गस्थित त्रिभुवन जन माध्यमिक विद्यालयका तत्कालीन प्रध्यानाध्यपक तथा बहुतल्ले भवन निर्माण अनुगमन समितिका सदस्य माधव विक्रम जि.सी.,इन्जिनियर, वडाअध्यक्ष तथा व्यवस्थापन समितिका अध्यक्षसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७९।०८।०७ गते ।
-------------------------------------------------

जिल्ला सल्यान, शारदा नगरपालिका, वडा नं. २, लुहापिङ्गस्थित श्री त्रिभुवन जन मा.वि.को भवन निर्माण गर्दा टेण्डर आवह्वान नगरी कानूनी प्रक्रिया नपुर्‍याई रकम अनियमितता गरेको भन्‍ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा त्रिभुवन जन माध्यमिक विद्यालयको बहुतल्ले भवन (प्रयोगशाला, पुस्तकालय र बहुउद्देश्यीय हल) निर्माण योजनामा नापी किताब, भुक्तानीसम्बन्धी बिल र कार्य सम्पन्न प्रतिवेदनमा फिल्डमा भएको वास्तविक कामभन्दा बढी काम भएको देखाई झुट्टा नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी गराई उक्त मूल्यांकनमा सही गरी रु. ८७,०३,३१२।७८ नेपाल सरकारलाई गैरकानूनी हानिनोक्सानी पुर्‍याउने बद्‍नियतले काम गरेको देखिएकोले उक्त भ्रष्टाचारजन्य कसुरमा संलग्न देहायका कर्मचारी एवं पदाधिकारी व्यक्तिहरुलाई देहायको कसुरमा देहाय अनुसारको सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।क्रमश....

(थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24