जिल्ला कृषि विकास कार्यालय, बाराका तत्कालीन नि.प्रमुख, बाली संरक्षण अधिकृत होमेन्द्र गुरमैता, लेखा अधिकृत अवधेष नन्दन वर्मासमेत ६ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७९।०८।०६ गते ।
-------------------------------------------------
बारा जिल्लामा कृषि उपज बजार सेड निर्माणसमेतका कार्यहरू अधुरो रहेको र कार्य सम्पन्न मूल्याङ्‍कन नबनाई सबै रकम भुक्तानी गरी हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उक्त भ्रष्टाचारजन्य कसुरमा संलग्न देहायका व्यक्तिहरु उपर देहायबमोजिम सजायको मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८, दफा ३५ र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
देहाय:
क) जिल्ला कृषि विकास कार्यालय, बाराका तत्कालीन नि. प्रमुख, बाली संरक्षण अधिकृत होमेन्द्र गुरमैता र लेखा अधिकृत अवधेष नन्दन वर्माले आ.व. २०६५।०६६ मा कृषि उपज बजार सेड निर्माण कार्य, पिपरपाती पचरौता, बाराको लागि निजहरुले नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन बिना उपभोक्ता समितिको साझेदारी रकम समेत कट्टा नगरी सम्झौता रकम भुक्तानी गरी रु.६,२५,५५२।०९ हिनामिना गरी भ्रष्टाचार गरेको देखिएकोले निजहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुर देखिँदा निजहरूलाई सोही दफामा उल्लेख गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को (१)(ङ) बमोजिम कैद र जरिवाना हुन र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम हानिनोक्सानी भएको बिगो रु.६,२५,५५२।०९ (छ लाख पच्चीस हजार पाँच सय बाउन्न रुपैयाँ नौ पैसा) समेत असुलउपर हुन मागदावी लिइएको छ ।
ख) जिल्ला कृषि विकास कार्यालय, बाराका तत्कालीन योजना अधिकृत राम दयाल ठाकुरले आ.व. २०६५।०६६ मा कृषि उपज बजार सेड निर्माण कार्य, पिपरपाती पचरौता, बाराको लागि निजले सो कृषि उपज बजार सेड निर्माण उपभोक्ता समितिको लेखा सञ्चालक समितिमा रही कार्य गरी रु.६,२५,५५२।०९ हिनामिना गरी भ्रष्टाचार गरेको देखिएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुर देखिँदा निजलाई सोही दफामा उल्लेख गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को (१) (ङ) बमोजिम कैद र जरिवाना हुन एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम हानिनोक्सानी भएको बिगो रु.६,२५,५५२।०९ (छ लाख पच्चीस हजार पाँच सय बाउन्न रुपैयाँ नौ पैसा) समेत असुलउपर हुन मागदावी लिइएको छ ।
ग) कृषि उपज बजार सेड निर्माण उपभोक्ता समितिका खाता सञ्चालक समितिमा रहेका सदस्यहरु सुरेन्द्र कुमार सिंह, विनय कुमार सिंह र प्रमोद प्रसाद यादवले आ.व. २०६५।०६६ मा कृषि उपज बजार सेड निर्माण कार्यमा निजहरुले लापरबाहीपूर्ण तरिकाले भुक्तानी भएको रकम आफूखुसी बाँडफाँड गरी खर्च गर्ने र निर्माण कार्य अधुरो गराई अलपत्र पारी रु.६,२५,५५२।०९ हिनामिना गरी भ्रष्टाचार गरेको देखिएको हुँदा निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) को कसुर भएकोले निजहरूलाई सोही दफामा उल्लेख गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम हानिनोक्सानी भएको बिगो रु.६,२५,५५२।०९ (छ लाख पच्चीस हजार पाँच सय बाउन्न रुपैयाँ नौ पैसा) समेत असुलउपर हुन मागदावी लिइएको छ ।
 
प्रवक्ता
  श्याम प्रसाद भण्डारी

Download Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24