भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजार, काठमाडौंमा कार्यरत कार्यालय सहयोगी (पाँचौ तह) होम नाथ खतिवडा उपर बिगो रु.२,६६,०००।- कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०७।२४ गते ।
----------------------------------------------------

भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजार, काठमाडौंमा कार्यरत कार्यालय सहयोगी (पाँचौ तह) होम नाथ खतिवडाले मोही लगत कट्टा गर्नका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज कार्यालय सहयोगी होम नाथ खतिवडालाई सेवाग्राहीबाट रु.५,०००।- (पाँच हजार रुपैयाँ) घुस/रिसवत वापतको रकम लिइसकेको अवस्थामा निजलाई खानतलासी गर्दा स्रोत नखुलेको रु.३,१८,६००।– (तीन लाख अठार हजार छ सय रुपैयाँ) सहित कार्यालय परिसरबाट मिति नियन्त्रणमा लिएको थियो ।  

भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजार, काठमाडौंमा कार्यरत कार्यालय सहयोगी (पाँचौ तह) होम नाथ खतिवडाले मोही लगत कट्टा गर्ने निर्णय प्रक्रियामा सहयोग गरिदिएको बहाना बनाई सेवाग्राहीसँग घुस/रिसवतवापत रु. ५,०००।–(पाँच हजार रुपैंया) माग गरी लिएको र निजलाई खानतलासी गर्ने क्रममा साथमा रहेको झोलाबाट बरामद भएको रकम रु.३,१८,६००।– (तीन लाख अठार हजार छ सय रुपैंया) मध्ये निज आरोपितले बयानको क्रममा लिएको जिकिरसँग अनुसन्धानको क्रममा संकलित प्रमाणहरुको आधारमा रु. २६१,०००।- (दुई लाख एकसठ्ठी हजार रुपैंया) रकमको स्रोत तथा प्रयोजन पुष्टि नभएको हुँदा उक्त रकम निजले सेवाग्राहीबाट घुस/रिसवतवापत लिएको देखिएको हुँदा निज कार्यालय सहयोगी (पाँचौ तह) होम नाथ खतिवडाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको पुष्टि भएकोले निजलाई बिगो रु. २,६६,०००।- (दुई लाख छैसठ्ठी हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र ऐ.ऐनको दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम कैद सजाय हुन तथा निजबाट बरामद भएको रकममध्ये रु. २६१,०००।- सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जफत हुन समेतको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।   

प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

Download Download
  

Other Press Release

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/11
जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/10
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेल उपर बिगो रू.६,२६,९३,१२९।८२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/09
हँसपुर नगरपालिका, धनुषाका तत्कालीन उपप्रमुख रेणु देवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मंडलसमेत ९ जना र देव कन्स्ट्रक्सन उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/07
अन्नपूर्ण माध्यमिक विद्यालय डोल्पाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक बुढा र प्रधानाध्यापक नरदेव रोकायासमेत १४ जना र निर्माण सेवा उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी/हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/06