भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजार, काठमाडौंमा कार्यरत कार्यालय सहयोगी (पाँचौ तह) होम नाथ खतिवडा उपर बिगो रु.२,६६,०००।- कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०७।२४ गते ।
----------------------------------------------------

भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजार, काठमाडौंमा कार्यरत कार्यालय सहयोगी (पाँचौ तह) होम नाथ खतिवडाले मोही लगत कट्टा गर्नका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज कार्यालय सहयोगी होम नाथ खतिवडालाई सेवाग्राहीबाट रु.५,०००।- (पाँच हजार रुपैयाँ) घुस/रिसवत वापतको रकम लिइसकेको अवस्थामा निजलाई खानतलासी गर्दा स्रोत नखुलेको रु.३,१८,६००।– (तीन लाख अठार हजार छ सय रुपैयाँ) सहित कार्यालय परिसरबाट मिति नियन्त्रणमा लिएको थियो ।  

भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजार, काठमाडौंमा कार्यरत कार्यालय सहयोगी (पाँचौ तह) होम नाथ खतिवडाले मोही लगत कट्टा गर्ने निर्णय प्रक्रियामा सहयोग गरिदिएको बहाना बनाई सेवाग्राहीसँग घुस/रिसवतवापत रु. ५,०००।–(पाँच हजार रुपैंया) माग गरी लिएको र निजलाई खानतलासी गर्ने क्रममा साथमा रहेको झोलाबाट बरामद भएको रकम रु.३,१८,६००।– (तीन लाख अठार हजार छ सय रुपैंया) मध्ये निज आरोपितले बयानको क्रममा लिएको जिकिरसँग अनुसन्धानको क्रममा संकलित प्रमाणहरुको आधारमा रु. २६१,०००।- (दुई लाख एकसठ्ठी हजार रुपैंया) रकमको स्रोत तथा प्रयोजन पुष्टि नभएको हुँदा उक्त रकम निजले सेवाग्राहीबाट घुस/रिसवतवापत लिएको देखिएको हुँदा निज कार्यालय सहयोगी (पाँचौ तह) होम नाथ खतिवडाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको पुष्टि भएकोले निजलाई बिगो रु. २,६६,०००।- (दुई लाख छैसठ्ठी हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र ऐ.ऐनको दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम कैद सजाय हुन तथा निजबाट बरामद भएको रकममध्ये रु. २६१,०००।- सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जफत हुन समेतको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।   

प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

Download Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24