ओमसतिया गाउँपालिका, रुपन्देहीका तत्कालीन अध्यक्ष हिरा केवट (रावल), प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, व्यावसायिक माछा ब्लक संचालक समितिका तत्कालीन अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०७।२४ गते ।
----------------------------------------------------

जिल्ला रूपन्देही, ओमसतिया गाउँपालिकाका अध्यक्षसमेतले माछापोखरी ठेक्का, शैक्षिक सामग्री हस्तान्तरण, मोटरसाइकल खरिद लगायतमा अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत आ.व. २०७४।०७५ को लागि ओमसतिया गाउँपालिकामा मत्स्य व्लक संचालक समितिको कार्यक्रम अनुदानमध्ये व्यवस्था भएको रकमबाट व्यवसायिक कृषि उत्पादन केन्द्र व्लक विकास कार्यक्रम संचालन कार्यविधि २०७३, को दफा ६.४ (घ) बमोजिम मिति २०७५।०२।२१ मा ओमसतीया गाउँपालिका र मत्स्य व्लक संचालक समितिबीच भएको सम्झौता विपरीत पुनःमिति २०७५।०३।२५ मा अध्यक्षको संलग्नतामा सहोदर भाउजु दुर्गा देवी केवटको नाममा रहेको सहानी स-मिल र मत्स्य व्लक संचालक समितिबीच भएको सम्झौताको रोहबरमा बसी कार्यविधि र सम्झौताबमोजिम मत्स्य ब्लक संचालक समितिको (सार्वजनिक संस्था) नाममा राख्‍नुपर्ने पचास प्रतिशत सरकारी अनुदान रहेको सार्वजनिक सम्पत्ति ब्याकुलोडर (Backhoe Loader) सो विपरीत अध्यक्षको परिवारको सदस्य संचालक रहेको सहानी सःमिलको नाममा दर्ता भोगचलन गर्ने गराउने मनसायले अनुदानको रु. २०,७५,०००।- (वीस लाख पचहत्तर हजार रुपैयाँ) भुक्तानी दिई/लिई नेपाल सरकारलाई गैरकानूनी हानी पुर्‍याएको पुष्टि हुन आएकोले उक्त भ्रष्टाचार कसूरमा संलग्न देहाय बमोजिमका प्रतिवादीहरुलाई देहाय बमोजिमको सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । क्रमश......

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

Download Download
  

Other Press Release

चक्रघट्टा गाउँपालिका सर्लाहीका तत्कालीन गाउँपालिका अध्यक्ष विक्रम यादवसमेत १० जना र स्काई राइज ट्रेडिङ कन्सर्न, एस.के.स्टोर्स, जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपाल उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/12
काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत (हाल महानिर्देशक, सूचना तथा प्रसारण बिभाग) प्रदीप परियारसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/11
डि.एण्ड एन. बिल्डर्स प्रा.लि.का तत्कालीन प्रबन्ध निर्देशक तथा हाल मधेश प्रदेशका प्रदेश सभा सदस्य माननीय दिपेन्द्र कुमार ठाकुर, जिल्ला धनुषा, औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रहमदेव यादवसमेत १७ उपर सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको छ।
2025/06/10
जिल्ला जाजरकोट, भेरी नगरपालिका वडा नं. १० रानीचौर सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कर्ण बहादुर शाही उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी, सरकारी कागजात सच्याएको एवं गलत लिखत तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/10