ओमसतिया गाउँपालिका, रुपन्देहीका तत्कालीन अध्यक्ष हिरा केवट (रावल), प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, व्यावसायिक माछा ब्लक संचालक समितिका तत्कालीन अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०७।२४ गते ।
----------------------------------------------------

जिल्ला रूपन्देही, ओमसतिया गाउँपालिकाका अध्यक्षसमेतले माछापोखरी ठेक्का, शैक्षिक सामग्री हस्तान्तरण, मोटरसाइकल खरिद लगायतमा अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत आ.व. २०७४।०७५ को लागि ओमसतिया गाउँपालिकामा मत्स्य व्लक संचालक समितिको कार्यक्रम अनुदानमध्ये व्यवस्था भएको रकमबाट व्यवसायिक कृषि उत्पादन केन्द्र व्लक विकास कार्यक्रम संचालन कार्यविधि २०७३, को दफा ६.४ (घ) बमोजिम मिति २०७५।०२।२१ मा ओमसतीया गाउँपालिका र मत्स्य व्लक संचालक समितिबीच भएको सम्झौता विपरीत पुनःमिति २०७५।०३।२५ मा अध्यक्षको संलग्नतामा सहोदर भाउजु दुर्गा देवी केवटको नाममा रहेको सहानी स-मिल र मत्स्य व्लक संचालक समितिबीच भएको सम्झौताको रोहबरमा बसी कार्यविधि र सम्झौताबमोजिम मत्स्य ब्लक संचालक समितिको (सार्वजनिक संस्था) नाममा राख्‍नुपर्ने पचास प्रतिशत सरकारी अनुदान रहेको सार्वजनिक सम्पत्ति ब्याकुलोडर (Backhoe Loader) सो विपरीत अध्यक्षको परिवारको सदस्य संचालक रहेको सहानी सःमिलको नाममा दर्ता भोगचलन गर्ने गराउने मनसायले अनुदानको रु. २०,७५,०००।- (वीस लाख पचहत्तर हजार रुपैयाँ) भुक्तानी दिई/लिई नेपाल सरकारलाई गैरकानूनी हानी पुर्‍याएको पुष्टि हुन आएकोले उक्त भ्रष्टाचार कसूरमा संलग्न देहाय बमोजिमका प्रतिवादीहरुलाई देहाय बमोजिमको सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । क्रमश......

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

Download Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24