धौलागिरी हिमाल पोलिक्लिनिक, बसुन्धराका संचालक नारायण प्रसाद पौडेल उपर गलत प्रतिवेदन सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०७।१७ गते ।
----------------------------------------------------

कोभिड १९ को परीक्षण नगरीकन नक्कली रिपोर्ट दिएको तथा त्रि.वि. शिक्षण अस्पतालको लोगो तथा सम्बन्धित व्यक्तिको हस्ताक्षर अनाधिकृत रुपमा प्रयोग गरी सरकारी कागजातको दुरुपयोग गरेको भन्ने समेत व्यहोराको उजुरीमा भ्रष्टाचार (गलत प्रतिवेदन) मुद्दा सम्मानित विशेष अदालतमा दर्ता भएको र धौलागिरी हिमाल पोलिक्लिनिक, बसुन्धराका संचालक नारायण प्रसाद पौडेललाई सरकारी साक्षीका रुपमा पेश गरिएकोमा उक्त मुद्दाको वकपत्रका क्रममा नारायण प्रसाद पौडेलले अदालतसमक्ष प्रतिकूल बकपत्र गरेको सम्बन्धमा अनुसन्धान हुँदा विशेष अदालत, काठमाडौंमा दर्ता भएको प्रतिवादी विनोद कुमार यादव भएको भ्रष्टाचार (गलत प्रतिवेदन) मुद्दामा मतियार भई काम गर्ने नारायण प्रसाद पौडेललाई उक्त मुद्दाको अनुसन्धानको क्रममा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा पूर्ण छुट दिएर प्रतिवादी नबनाई सरकारी साक्षीको रुपमा पेश गरिएकोमा निजले विशेष अदालत, काठमाडौंसमक्ष उपस्थित भई वकपत्र गर्दा आयोगबाट अनुसन्धानको क्रममा गरिएको वयानको व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि हुन आएको हुँदा निज नारायण प्रसाद पौडेलले गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा मतियार भई कसुर गरेको हुँदा निज नारायण प्रसाद पौडेललाई ऐ. ऐनको दफा २२ बमोजिम मुख्य कसुरदार विनोद कुमार यादवलाई हुने ऐ.ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजायको आधा सजाय हुन मागदावी लिर्इ आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।   


प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

Download Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24