जिल्ला कैलाली, चुरे गा.पा. ३ साविकको निगाली गा.वि.स. वडा नं. १ स्थित गुप्तपानी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष मनिराम आचार्यसमेत ४ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७९।०६।३० गते ।
-------------------------------------------------

जिल्ला कैलाली, चुरे गा.पा. ३ साविकको निगाली गा.वि.स. वडा नं. १ स्थित गुप्तपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष र सचिवसमेतको मिलेमतोमा पदाधिकारीहरुलाई कुनै जानकारी नदिई आ.व. २०७२/०७३ र २०७३/०७४ मा खर्च गरेको रकम साधारणसभाबाट अनुमोदन नगराई सरकारी रकम हिनामिना गरेको  भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला कैलाली, चुरे गा.पा. ३ साविकको निगाली गा.वि.स. वडा नं. १ स्थित गुप्तपानी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष मनिराम आचार्यले गुप्तपानी सामुदायिक वनबाट भएको आम्दानी रकम बद्‍नियतपूर्वक बिना विल भरपाई खर्च गरेको देखाई सक्कल विल भरपाई नभएको नक्कली फोटोकपी विल भरपाईहरु राखी सामुदायिक वनको रकम खाईमासी गर्ने उद्देश्यले रकम हानिनोक्सानी गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो रु. २५,२४,३४६।- (पच्चीस लाख चौबीस हजार तीन सय छयालीस रुपैया) कायम गरी ऐ.ऐ. दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगोबमोजिम जरिवाना र ऐ.ऐ. दफा ३ को उपदफा(१) को खण्ड (छ) बमोजिम कैद सजाय हुन तथा दफा १७ बमोजिम हानिनोक्सानी गरेको बिगो निजबाट असुलउपर हुन समेतको मागदाबी लिइएको छ ।

गुप्तपानी सामुदायिक वनका तत्कालीन सचिव हिक्मत सिंह भाट र कोषाध्यक्ष पृथ्वीराज बिष्टले सामुदायिक वनको रकम खर्च गर्नको लागि सामुदायिक वन उपभोक्ता समितिको निर्णय एवं कार्ययोजना नै पास नभएको आवस्थामा उपभोक्ता समितिको चेकमा हस्ताक्षर गरी सोही उपभोक्ता समितिका अध्यक्ष मनिराम आचार्यलाई दिने एवं औचित्य एवं विना विल भरपाई रकम खाईमासी गर्ने कार्यमा सहयोग गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरको मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज सचिव हिक्मत सिंह भाट र कोषाध्यक्ष पृथ्वीराज बिष्टलाई बिगो रकम रु. १८,३८,३७२।११ (अठार लाख अठतीस हजार तीन सय बहत्तर रुपैया एघार पैसा मात्र) कायम गरी ऐ.ऐ. दफा १७ मा उल्लेख भए अनुसार ऐ.ऐनको दफा ३(१) र दफा ३(१)(च) बमोजिम हुने सजायमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशबमोजिम मुख्य प्रतिवादी मनिराम आचार्य सरह सजाय हुन मागदाबी लिइएको छ ।

साथै, अडिटर गौरी प्रसाद नाथले बद्‍नियतपूर्वक भए गरेका कुरा लुकाईछिपाई नभएको कुरा उल्लेख गरी अडिट प्रतिवेदन पेश गरी गुप्तपानी सामुदायिक वन उपभोक्ता समुहको रकम हिनामिना गर्नमा सहयोग गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (१) बमोजिमको कसुर गरेको हुँदा निज अडिटर गौरी प्रसाद नाथउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (१) बमोजिम कैद तथा जरिवानाको सजाय हुन समेतको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५(१) एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24