भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाका कार्यालय प्रमुख भिम बहादुर खत्री र ना.सु. रुद्रसेन साहुसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७९।०६।०७ गते ।
-------------------------------------------------

जिल्ला बर्दिया, साविक मैनापोखर गा.वि.स. वडा नं. १ हाल बढैयाताल गाउँपालिका वडा नं. ६ मा चिरकु तेलीको नाउँमा २०४३ साल अघी २ बिगाह ६ कट्ठा जग्गा रहेकोमा निजको २०४३ सालमा मृत्यू भई निजको हकखाने कानूनी हकवाला कोही नभई स्थानीय तहको नाउँमा जानुपर्नेमा भुमिसुधार तथा मालपोत कार्यालयको निर्णयबाट व्यक्ति विशेषको नाउँमा दर्ता गरी बिक्री वितरण गरिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा २०४३ सालमा चिरकु तेलीको मृत्यु भई मुलुकी ऐन, 2020 को अपुतालीको महलको १ नं., २ नं. र ३ नं. तथा मुलुकी देवानी संहिता, २०७४ को दफा २३७ वमोजिम निजको अपुताली खुल्ला भई सोही संहिताको दफा २३८ र २३९ बमोजिमको हकवालासमेत नभई सोही संहिताको २३९(१) बमोजिम सो अपुताली सम्बन्धित स्थानीय तहको हुने गरी भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाले सोही संहिताको दफा २३९(७) र (८) बमोजिम हुनेगरी निर्णय गर्नुपर्नेमा सोबमोजिम नगरी सोही संहिताको दफा २५० बमोजिमको हदम्यादसमेत नभएको अवस्थामा बदनियतसाथ कानुनबिपरीत हकवाला कायम गरी जग्गा हालसाविक नामसारी गरी भ्रष्टाचार गरेको कसुरमा संलग्न प्रतिबादीहरुको हकमा निम्न बमोजिम सजायको मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । क्रमश....

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला) 

प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

Download Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24