भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाका कार्यालय प्रमुख भिम बहादुर खत्री र ना.सु. रुद्रसेन साहुसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७९।०६।०७ गते ।
-------------------------------------------------

जिल्ला बर्दिया, साविक मैनापोखर गा.वि.स. वडा नं. १ हाल बढैयाताल गाउँपालिका वडा नं. ६ मा चिरकु तेलीको नाउँमा २०४३ साल अघी २ बिगाह ६ कट्ठा जग्गा रहेकोमा निजको २०४३ सालमा मृत्यू भई निजको हकखाने कानूनी हकवाला कोही नभई स्थानीय तहको नाउँमा जानुपर्नेमा भुमिसुधार तथा मालपोत कार्यालयको निर्णयबाट व्यक्ति विशेषको नाउँमा दर्ता गरी बिक्री वितरण गरिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा २०४३ सालमा चिरकु तेलीको मृत्यु भई मुलुकी ऐन, 2020 को अपुतालीको महलको १ नं., २ नं. र ३ नं. तथा मुलुकी देवानी संहिता, २०७४ को दफा २३७ वमोजिम निजको अपुताली खुल्ला भई सोही संहिताको दफा २३८ र २३९ बमोजिमको हकवालासमेत नभई सोही संहिताको २३९(१) बमोजिम सो अपुताली सम्बन्धित स्थानीय तहको हुने गरी भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाले सोही संहिताको दफा २३९(७) र (८) बमोजिम हुनेगरी निर्णय गर्नुपर्नेमा सोबमोजिम नगरी सोही संहिताको दफा २५० बमोजिमको हदम्यादसमेत नभएको अवस्थामा बदनियतसाथ कानुनबिपरीत हकवाला कायम गरी जग्गा हालसाविक नामसारी गरी भ्रष्टाचार गरेको कसुरमा संलग्न प्रतिबादीहरुको हकमा निम्न बमोजिम सजायको मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । क्रमश....

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला) 

प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

Download Download
  

Other Press Release

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/11
जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/10
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेल उपर बिगो रू.६,२६,९३,१२९।८२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/09
हँसपुर नगरपालिका, धनुषाका तत्कालीन उपप्रमुख रेणु देवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मंडलसमेत ९ जना र देव कन्स्ट्रक्सन उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/07
अन्नपूर्ण माध्यमिक विद्यालय डोल्पाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक बुढा र प्रधानाध्यापक नरदेव रोकायासमेत १४ जना र निर्माण सेवा उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी/हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/06