Online
Complaint

जिल्ला सुर्खेत, साविकको घुमखहरे गा.वि.स.का तत्कालीन गा.वि.स. सचिब खड्क बहादुर रोकाया र देवीलाल सुनार, प्राविधिक सहायक तथा उपभोक्ता समितिका अध्यक्षसमेत ४ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना एवं गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७९।०६।०७ गते ।
-------------------------------------------------

जिल्ला सुर्खेत, साविक घुमखहरे गा. वि. स. वडा नं. ९ हाल गुर्भाकोट न.पा. वडा नं. १० स्थित लामिताले मोटर सिंचाई आयोजनाको उपभोक्ता समितिको अध्यक्ष लगायतले मोटर सिंचाईको लागि आएको रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा लामिताले मोटर (लिफ्ट) सिंचाई आयोजनाको लागि आ.व. २०६४/०६५ देखि २०६८/०६९ सम्म उक्त योजनामा खर्च भएको रु.४,३८,५००।– रकम कार्य सम्पन्न नगरी झुट्टा बिल भरपाई बनाई भुक्तानी लिने दिने कार्य गरी सिंचाईको कुलो निर्माणसमेत नगरी नगरे नभएको कामबापत भुक्तानी लिएबाट निम्न प्रतिवादीहरु उपर देहायबमोजिमको सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ। क्रमश......

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download Download
  

Other Press Release

राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेत उपर शैक्षिक योग्यताको नक्कली (झुट्टा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2023/12/10
जिल्ला कैलाली, बर्दगोरीया गाँउपालिका वडा नं.४ स्थित माध्यमिक बिद्यालय कोटातुल्सीपुरका बालबिकास कार्यकर्ता पदमा कार्यरत निरञ्जना मल्ल उपर शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2023/12/01
सुनसरी जिल्ला, रामधुनी नगरपालिका तत्कालीन उपप्रमुख सविना कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत, बडा अध्यक्ष समेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/11/27
जिल्ला रामेछाप, मन्थली नगरपालिका वडा नं. ३ का तत्कालीन वडा सचिव शिव कुमार महत्तोसमेत २ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/11/24
जिल्ला गुल्मी, मालिका गाउँपालिका, वडा नं. ५ स्थित छापहिले स्वास्थ्य चौकीमा कार्यरत अ.हे.ब. देव बहादुर महतारा उपर शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2023/11/23
जिल्ला रुपन्देही, गैडहवा गाउँपालिका वडा नं. ४ स्थित मुक्तिधाम आधारभूत विद्यालयका प्रा.वि. राहत शिक्षक डिलमाया कुमारी कडेल उपर शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2023/11/23