जिल्ला संखुवासभा, खाँदबारी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्ण कुमार निरौला, तत्कालीन इन्जिनियर सुरज श्रेष्ठ तथा उपभोक्ता समितिका अध्यक्षसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७९।०६।०६ गते ।
-------------------------------------------------

जिल्ला संखुवासभा, खाँदबारी नगरपालिका वडा नं. ६ मा पर्ने हिगुवा महानन्द चोक हुँदै थलेडाँडा वर्खेडाँडा सडक खण्डमा उपभोक्ता समितिमार्फत भएको आ.व. २०७४।०७५ को कार्यमा काम नै नगरी योजना र बजेट फरफारक गरी हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उक्त निर्माण कार्यमा नभएको काम भए गरेको हो भनी नापी किताब, स्वीकृत सम्झौता, बैङ्क स्टेटमेन्ट, बिल भरपाईसमेतका आधारमा रु.३,७४,१२७।६६ नभए नगरेको काममा समेत बढी भुक्तानी लिने/दिने कार्यमा संलग्न निम्न व्यक्तिहरुउपर निम्नानुसारको कसुरमा सजायको मागदाबी लिइएको छ । क्रमश......

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download Download
  

Other Press Release