जिल्ला जुम्ला, चन्दननाथ नगरपालिकाका पञ्जिकरण शाखा प्रमुख खरिदार राजेन्द्र बहादुर भण्डारी उपर सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७९।०६।०५ गते ।
-------------------------------------------------

जिल्ला जुम्ला, चन्दननाथ नगरपालिकाका पञ्जिकरण शाखा प्रमुख खरिदार राजेन्द्र बहादुर भण्डारीले सामाजिक सुरक्षा भत्तासमेतको रकम हिनामिना गरी भष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा खरिदार राजेन्द्र बहादुर भण्डारीले आ.व. २०७४।०७५ देखि आ.व. २०७६।०७७ सम्म सामाजिक सुरक्षा भत्ता बैंकमार्फत लाभग्राहीको खातामा जम्मा गर्नुपर्नेमा, कार्यालयको नामबाट बैंकलाई पत्र आफैं लेखी दस्तखत गरी बैंकहरुमा पत्राचार गरी रु.२०,७८,६००।- आफ्नो तथा आफ्नो नाबालक छोराको व्यक्तिगत खातामा सामाजिक सुरक्षा भत्ता अनियमितरुपले जम्मा गरी सो रकम जम्मा भएको केही दिन पछि नै पटक-पटक निजले आफैले भुक्तानी लिई खाईमासी गैरकानूनी लाभ लिने वदनियतका साथ कार्य गरी सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई नेपाल सरकारबाट प्राप्त हुने सरकारी लाभबाट वन्चित गरी आफ्नो व्यक्तिगत हितमा रकम खर्च गरी सरकारी रकम हिनामिना गरेको पुष्टि हुन आएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा  १७ बमोजिमको कसुर भएकोले निज राजेन्द्र बहादुर भण्डारीलाई बिगो रु.२०,७८,६००।- (बीस लाख अठहत्तर हजार छ सय रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरे बमोजिम निज उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवाना गरी ऐ.ऐनको दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिम कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाण्डौमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

Download Download
  

Other Press Release

सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12