श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखामा कार्यरत प्राविधिक उप-सचिव प्रमोद नेपाल र बि.बि. एयरवेज प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठ उपर घुस/रिसवत लिई/दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७९।०६।०२ गते ।
-------------------------------------------------
 
संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालय, नागरिक उड्‌डयन महाशाखाका उप-सचिव प्रमोद नेपालले प्याराग्लाईडिङ्ग सञ्चालनको लागि अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग रु.६,००,०००।– घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज उप-सचिव प्रमोद नेपाललाई सेवाग्राहीसँग रु.६,००,०००।– (छ लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त घुस रकमसहित काठमाडौं महानगरपालिका, वडा नं. १ मनकामना मार्ग स्थित Hotel Aranya को कम्पाउण्डबाट नियन्त्रणमा लिई निजले प्रयोग गरेको गाडी खानतलासी गर्ने क्रममा श्रोत नखुलेको थप रकम रु. १६,५०,०००।– (सोह्र लाख पचास हजार रुपैयाँ) गरी जम्मा रु.२२,५०,०००।- (बाइस लाख पचास हजार रुपैया) बरामद गरिएको थियो ।
 
अनुसन्धानको सिलसिलामा  श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखामा कार्यरत प्राविधिक उप-सचिव प्रमोद नेपालले सेवाग्राहीसँग प्याराग्लाईडिङ्ग सञ्चालन गर्न सञ्चालन अनुमतिपत्र (लाईसेन्स) दिने क्रममा घुस/रिसवत माग गरी रु.६,००,०००।– घुस/रिसवत लिएको पुष्टि हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको हुँदा निज प्रमोद नेपाललाई बिगो रू.६,००,०००।– (अक्षेरुपी छ लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवानाको सजाय र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम कैद सजाय हुन मागदावी लिइएको छ ।
 
प्रमोद नेपालले आफू वहाल रहेको पदअनुसार बि.बि. एयरवेज प्रा.लि.को इजाजत नवीकरण सम्बन्धित कार्य सम्पादन गरेकोमा निजले सोही कार्यसम्पादन गरेको बि.बि. एयरवेज प्रा.लि.को प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठसँग रु.१६,५०,०००।–सापटी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५ को उपदफा (१) बमोजिमको कसुर गरेको हुँदा निज प्रमोद नेपाललाई भ्रष्टाचार निवारण ऐन,  २०५९ को दफा ५ को उपदफा (१) अनुसार कैद सजाय गरी रु.१६,५०,०००।–(अक्षेरुपी सोह्र लाख पचास हजार रुपैयाँ) सोही ऐनको दफा ५(१) बमोजिम जफत गरी पाउनसमेत मागदावी लिइएको छ ।
  साथै, बि.बि. एयरवेज प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठले आफू वहाल रहेको बि.बि. एयरवेज प्रा.लि.को इजाजत नवीकरण सम्बन्धित कार्यसम्पादन गरेका प्रमोद नेपाललाई रु.१६,५०,०००।- सापटी दिई निजलाई लाभ पुर्‍याउने कार्य गरी निज प्रमोद नेपालले गरेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५ को उपदफा (१) बमोजिमको कसुरमा ऐ.ऐनको दफा २२ बमोजिम मतियारको भूमिका निर्वाह गरेको हुँदा बि.बि. एयरवेज प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठ उपर सोही ऐनको दफा ५ को उपदफा (१) ले हुने सजायमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धत्माक वाक्यांशबमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।
 
प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download Download
  

Other Press Release

यातायात व्यवस्था कार्यालय हेटौडा, मकवानपुरका अधिकृत छैटौं अमृत भेटुवालसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/03/26
जिल्ला बझाङ्ग, बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसमेत ५ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/03/24
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदार बहादुर अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू संजिव गौतम, राजन पोखरेल, प्रदीप अधिकारीसमेत २१ जना, ठेकेदार कम्पनी China CAMC Engineering Co. Ltd. र परामर्शदाता ERMC/A-not/Slate JV उपर सार्वजनिक सम्पत्तिको हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/03/22
जिल्ला सुर्खेत, विरेन्द्रनगर नगरपालिका वडा नं. १० बस्ने टक बहादुर घर्ती उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/03/20
जिल्ला अछाम, ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउदसमेत ४ जना उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/03/19
जिल्ला रूकुम (पश्चिम), चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादीसमेत २ जना उपर घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/03/17
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलक राम अधिकारीसमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी आरोपपत्र दायर।
2026/03/15