आन्तरिक राजस्व कार्यालय, महाराजगंजमा कार्यरत कम्प्युटर अधिकृत बिन्दु श्रेष्ठ प्रधान उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०५।२७ गते ।
-----------------------------------------------------
आन्तरिक राजस्व कार्यालय, महाराजगंजमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानले कम्प्युटर बिलिङ स्वीकृत गर्ने क्रममा सेवाग्राहीसँग रु.३०,०००।– घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज विन्दु श्रेष्ठ प्रधानलाई सेवाग्राहीबाट रु.३०,०००।-(तीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७९।०४।१८ गते नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा आन्तरिक राजस्व कार्यालय, महाराजगंजकी कम्प्युटर अधिकृत बिन्दु श्रेष्ठ प्रधानले कम्प्युटर बिलिङ्ग स्वीकृत गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरी रु.३०,०००।- लिएको पुष्टि हुन आएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले निज बिन्दु श्रेष्ठ प्रधानलाई बिगो रु.३०,०००।-(तीस हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

 

 

Download Download
  

Other Press Release

जिल्ला सिरहा, कल्याणपुर नगरपालिका वडा नं. ६ बस्ने जसोधा कुमारी उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/12
नापी कार्यालय पर्साका सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्याय उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/12
अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थ राज भट्टराईसमेत ७ जना र २ वटा प्रा.लि. उपर घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी कसुरमा आरोपपत्र दायर गरिएको।
2025/12/11
बेलडाँडी गाउँपालिका,कन्चनपुरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीसमेत ४ जना उपर गलत लिखत तयार गरी गर्न लगाई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/11