उच्च अदालत, दिपायलमा कार्यरत तत्कालीन रजिष्ट्रार रण वहादुर कटवाल उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०५।१६ गते ।
------------------------------------------
उच्च अदालत, दिपायलका रजिष्ट्रार रण बहादुर कटवालले आर्थिक वर्ष ०७८।७९ मा बिनियोजित वजेट अनियमितता गरी खर्च गरेको र स्थायी शिक्षिकाको रुपमा अन्यत्रै कार्यरत रहेकी आफ्नी श्रीमतीलाई उच्च अदालत दिपायलको कम्प्युटर अपरेटरमा नियुक्ति गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उच्च अदालत, दिपायलमा कार्यरत तत्कालीन रजिष्ट्रार रण वहादुर कटवालले आफ्नो पदीय दुरुपयोग गरी बिभिन्न शीर्षकमा बिनियोजित बजेट अनुसार गर्नुपर्ने खर्च शिर्षकमा नक्‍कली विल भरपाई खडा गरी, नक्‍कली सम्झौतासमेत बनाई आफै स्वीकृत गरी प्राय:आफैले शोधभर्ना लिने, सम्मानित सर्वोच्च अदालतबाट भर्चुअल अनुगमन निरिक्षण भएकोमा दिपायल मुकाममा होटल खर्च भएको स्वीकृती गरी विल भरपाई बनाई आफैले भुक्तानी लिएको, कतिपयमा स्टोरकिपरबाट शोधभर्ना गराई भुक्तानी लिने, व्यबासायीहरुसँग अफिसको हिसावकिताव मिलाउन भनी बिल ल्याई हुँदै नभएको खर्चको नक्कली खरिद देखाउने, प्रयोगबिहीन गाडीको मर्मत गरेको भनी विलको भुक्तानी लिने, किर्ते गरी मिति सच्चाई भ्रमण काजको भुक्तानी लिने लगायतको फर्जी कार्यको आफै सदर गरी भुक्तानी लिने/दिने कार्यगरी रु. ४,९८,९९५।- भुक्तानी भएको भनी देखाई सरकारी रकम हानिनोक्सानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले निजलाई रु.४,९८,९९५।- (अक्षरुपी चार लाख अन्ठानब्बे हजार नौ सय पन्चानव्वे रुपैयाँ) बिगो कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरे मुताविक उक्त ऐनको दफा ३(१)(घ) बमोजिम कैद सजाय र बिगोबमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम हानिनोक्सानी भएको बिगो निजबाट असुल उपर हुनसमेत मागदाबी लिने ।

साथै, रण बहादुर कटवाल आफैले उच्च अदालत दिपायलको, हलुका सवारी चालकको रुपमा आफ्नै श्रीमतीको नामबाट काल्पनिक कागजात तयार गरेको साथै स्थायी शिक्षिकाको रुपमा कार्यरत रहेकी आफ्नै श्रीमतीलाई २०७६ चैत्र देखि असारसम्म ४ (चार) महिनाको लागि कम्प्यूटर अपरेटर पदमा आफैले करार सम्झौता गरेको कागजात बनाई पारिश्रमिक भुक्तानीको निवेदन लगायतको कागजातहरु तयार गरी अदालतको लेखा शाखामा प्रस्तुत एवं निज रजिष्ट्रारले तोक आदेशसमेत गरी सम्झौता अनुसारको ४ (चार) महिनाको जम्मा रु. १,१२,०००।- रकम भुक्तानी लिने प्रयाश गरेकोले निज रजिष्ट्रार रण बहादुर कटवालको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको सरकारी सम्पत्ति हानिनोक्सानी गर्ने गराउने कसुर अन्तर्गत पर्ने भएको हुँदा सोही ऐनको दफा २१ मा उल्लेख भए अनुसारको सजाय हुन मागदाबीसमेत लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । 

प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24