तत्कालीन जिल्ला ओखलढुंगा, खानेपानी तथा सरसफाई डिभिजन नं. २, मा कार्यरत सव-इन्जिनियर रामबाबु यादवउपर शैक्षिक योग्यताको झुट्टा नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०४।२५ गते।
------------------------------------------

जिल्ला ओखलढुंगा, खानेपानी तथा सरसफाई डिभिजन नं. २, मा कार्यरत सव-इन्जिनियर रामबाबु यादवको योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज रामबाबु यादवले श्री सुनसरी टेक्निकल कलेज, धरानबाट उत्तीर्ण गरेको भनी Diploma in Civil Engineering को प्रमाणपत्रहरु, लब्धांकपत्र, चारित्रिक प्रमाणपत्र र ट्रान्सक्रिप्ट्स, नक्कली बनाई सरकारी लाभ वा सुविधा प्राप्त गर्ने उद्देश्यले तत्कालीन खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, डिभिजन नं. २, ओखलढुंगामा पेश गरी २०७६ भाद्रदेखि २०७७ असार मसान्तसम्म बहाल रही लाभ र सुविधा लिएको देखिएकोले तत्कालीन निज रामबाबु यादवको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई ऐ.ऐ ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद सजाय र जरिवाना हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ को दफा १८ र दफा ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download
  

Other Press Release

कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख राम पुकार साह तेली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/08
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीका कार्यालय सहयोगी (करार) दिपक पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/06
जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादवसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/04
जिल्ला बाँके, कोहलपुर नगरपालिका बस्ने डम्मर बहादुर बुढाथोकी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/03