कालिकोट जिल्लाका तत्कालीन LAPA कार्यक्रम संयोजक (प्रशासकीय तथा वित्त सहायक) कमल प्रसाद खनाल उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।



प्रेस विज्ञप्ति:- मिति २०७९।०४।२४ गते।
------------------------------------------

साविक जिल्ला विकास समितिको कार्यालय, कालिकोटबाट आर्थिक बर्ष २०७०।०७१ मा सञ्चालन भएका बिभिन्न कार्यक्रम अनुरुप जिल्ला विकास समितिको कार्यालय, कालिकोटले गरेको प्रचारप्रसार कार्यक्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना भएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा साविकको जिल्ला विकास समितिको कार्यालय, कालिकोटबाट आ.व. २०७०/०७१ मा नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम अन्तर्गत प्रचार प्रसारको लागि होर्डिङ बोर्ड निर्माण गरेको भनी नक्कली भरपाई स्रेस्तामा समाबेश गरी भुक्तानी लिने कार्य गरेको खुल्न आएकोले उक्त कार्यक्रम सञ्चालनको निमित्त पेश्की बुझिलिई जिम्मेवारी लिने र झुट्टा बिल भरपाई समाबेश गरी खरिद नै नगरिएको सामानको ढुवानीबापत समेतको खर्च देखाई कार्यक्रम नै नगरी पेश्की फर्छ्यौट गर्ने उक्त कार्यक्रमका फोकल पर्सन कालिकोट जिल्लाका तत्कालीन LAPA कार्यक्रम संयोजक (प्रशासकीय तथा वित्त सहायक) कमल प्रसाद खनालले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुर भएकोले निज कार्यक्रम संयोजक (प्रशासकीय तथा वित्त सहायक) कमल प्रसाद खनाललाई बिगो रु.३,२६,४९७।- (तीन लाख छब्बीस हजार चार सय सन्तानब्बे रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिमको कैद सजाय र बिगोबमोजिम जरिवाना हुन एवं सोही दफा बमोजिम वद्‍नियतसाथ हानिनोक्सानी गरेको बिगोसमेत निजबाट असुल हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

Download
  

Other Press Release

जिल्ला सिरहा, कल्याणपुर नगरपालिका वडा नं. ६ बस्ने जसोधा कुमारी उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/12
नापी कार्यालय पर्साका सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्याय उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/12
अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थ राज भट्टराईसमेत ७ जना र २ वटा प्रा.लि. उपर घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी कसुरमा आरोपपत्र दायर गरिएको।
2025/12/11
बेलडाँडी गाउँपालिका,कन्चनपुरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीसमेत ४ जना उपर गलत लिखत तयार गरी गर्न लगाई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/11