तत्कालिन जिल्ला कृषि बिकास कार्यालय, कालिकोटका तत्कालीन प्रा.स. हाल गुठीचौर गाउँपालिका जुम्लाका (अधिकृत छैटौं तह) रत्न प्रसाद पाण्डेउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०४।२४ गते।
------------------------------------------

साविक जिल्ला विकास समितिको कार्यालय, कालिकोटबाट आर्थिक बर्ष २०७०।०७१ मा जिल्ला कृषि विकास कार्यालय, कालिकोटले सञ्चालन गरेको कृषि तालिम कार्यक्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना भएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा उक्त कार्यक्रममा झुट्टा बिल बनाई स्रेस्तामा समाबेश गरी भुक्तानी लिने कार्य गरेको, उक्त तालिम कार्यक्रम सञ्चालनको निमित्त पेश्की बुझिलिई जिम्मेवारी लिने र झुट्टा बिल समाबेश गरी खरिद नै नगरिएको सामानको खरिद गरेको र ढुवानीबापत समेतको खर्च देखाई पेश्की फर्छ्यौट गर्ने तालिम कार्यक्रमका फोकल पर्सन तत्कालिन कृषि बिकास कार्यालय, कालिकोटका तत्कालीन प्रा.स. हाल गुठीचौर गाउँपालिका जुम्लाका (अधिकृत छैटौं तह) रत्न प्रसाद पाण्डेले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुर भएकोले निजलाई बिगो रु.३,८८,७५०।- (तीन लाख अठासी हजार सात सय पचास रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिमको कैद सजाय र बिगोबमोजिम जरीवाना हुन एवं सोही दफा बमोजिम बद्‍नियतसाथ भुक्तानी लिई हानी पुर्‍याएको बिगोसमेत निजबाट असुल हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

Download
  

Other Press Release

नारायणी अस्पताल, वीरगंज, पर्साका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट संजय कुमार ठाकुरसमेत ९ जना र लुम्बिनी-मिसन जे.भी. उपर सार्वजनिक सम्पति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/04
जिल्ला नवलपरासी, (बर्दघाट सुस्ता पश्चिम) पाल्हीनन्दन गाउँपालिका वडा नं. ५ बस्ने राम किशुन कुर्मी, अनन्त बढै, चन्द्रीका चमार, लोरिक अहिर र श्रीभदै केवट उपर प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/02
जिल्ला सिरहा, महावीर मा.वि. चैनपुरमा कार्यरत शिक्षक टिक बहादुर मगर उपर अध्यापन अनुमतिपत्र झुट्टा/नक्कली सम्बन्धी आरोपपत्र दायर।
2025/04/29
प्रहरी चौकी दुगौलिया, रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक खिम बहादुर खड्का उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/04/29
जिल्ला सर्लाही, धनकौल गाउँपालिकाका प्रशासकीय अधिकृत कृष्ण मोहन प्रसाद साह, इन्जिनियर, वडा अध्यक्ष समेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/04/28
मधेस प्रदेश, सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इम नारायण श्रेष्ठ, हस्पिटेक इन्टरप्राइजेज प्रा.लि.का सञ्चालक विशाल पण्डित समेत १४ जना र हस्पिटेक इन्टरप्राइजेज प्रा.लि. उपर गैरकानूनी लाभ हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/04/27