अल्लो भाँगो प्रशोधन केन्द्र, मान्म -८ ताडी, कालिकोटको भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्द प्रसाद पाण्डे, सचिव र कोषाध्यक्षसमेत ३ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०४।२४ गते।
------------------------------------------

साविक जिल्ला विकास समितिको कार्यालय, कालिकोटबाट आर्थिक बर्ष २०७०/०७१ मा सञ्चालन भएका बिभिन्न कार्यक्रम अनुरुप अल्लो भाँगो प्रशोधन केन्द्र, मान्म -८ ताडी,  कालिकोटको भवन निर्माण कार्यमा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा साविकको जिल्ला विकास समितिको कार्यालय, कालिकोटबाट आ.व. २०७०/०७१ मा निर्माण भएको अल्लो भाँगो प्रशोधन केन्द्र, मान्म-८ ताडी, कालिकोटको भवन निर्माण कार्यमा झुट्टा बिल बनाई स्रेस्तामा समाबेश गरी भुक्तानी लिने कार्य गरी रु.२,५१,५२९।–हिनामिना भएको हुँदा अल्लो भाँगो प्रशोधन केन्द्र, कालिकोटको भवन निर्माण उपभोक्ता समिति र सोका जिम्मेवार पदाधिकारी अध्यक्ष नन्द प्रसाद पाण्डे, सचिव नरेन्द्र प्रसाद पाण्डे र कोषाध्यक्ष बिनिता राना (पाण्डे) ले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुर गरेकोले निजहरुलाई बिगो रु.२,५१,५२९।–(दुई लाख एकाउन्न हजार पाँच सय उनान्तीस रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिमको कैद सजाय र बिगो बमोजिम जरिवाना हुन एवं सोही दफा बमोजिम हानिनोक्सानी पुर्‍याएको बिगोसमेत निजहरुबाट असुल उपर हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 


प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24