मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय साविक प्रदेश नं. २ हाल मधेश प्रदेश जनकपुरधामका (वोलपत्र मुल्यांकन समितिका पदाधिकारी/सदस्यहरु) तत्कालीन उप-सचिव दिलिप कुमार प्रधान, सि.डि.ई., अधिकृत, सहलेखापालसमेत ४ जना उपर गलत प्रतिवेदन तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०४।१८ गते।
------------------------------------------
 
प्रदेश नं. २ को मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा अनियमितता भएको, साइकलको कम्पनी नखुलाई साइकल किनी ३ महिनादेखि गोदाममा राखिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, साविक प्रदेश नं.२, हाल मधेश प्रदेश जनकपुरधाम धनुषाले OCMCMS2/NCB/GOODS/077/78-06 बोलपत्रबाट लेडिज साइकल खरिद गर्दा अनियमितता गरी बदनियतपूर्वक कानून बिपरीतका कार्य गरी प्रदेश सरकारलाई हानिनोक्सानी पुर्‍याएको देखिएकोले खरिद प्रकृयामा संलग्न देहायका कर्मचारीहरुलाई देहाय बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
देहाय:-
(१) वोलपत्र मुल्यांकन समितिका पदाधिकारी/सदस्यहरु उप-सचिव दिलिप कुमार प्रधान (अध्यक्ष), अधिकृत आठौं सुरेन्द्र कुमार कर्ण, (सदस्य-सचिव), सह-लेखापाल राजाराम मण्डल (सदस्य) बोलपत्र मुल्यांकन समितिमा रही दोस्रो कम अंक (Second Lowest ) कवोल गर्नेलाई योग्यता सम्बन्धी मापदण्ड नपुग्दासमेत बदनियतपूर्वक छनौटका लागि सिफारिस गरी वोलपत्र मुल्यांकन गरी प्रतिवेदन पेश गर्दा गलत मनसायले बदनियतपूर्ण तवरबाट गलत प्रतिवेदन दिएको पाइएको हुँदा निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) अनुसारको कसुर भएको हुँदा निजहरुलाई ऐ. ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद सजाय र जरीवाना गर्ने मागदाबी लिइएको छ ।
 
(२) सि.डि.ई. भगवान झाले वोलपत्र मुल्यांकन समितिको सदस्यको हैसियतमा रही निजले बोलपत्र मूल्याङ्कन गरी प्रतिवेदन पेश गर्दा गलत मनसायले बदनियतपूर्ण तवरबाट गलत प्रतिवेदन दिएको पाइएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उप-दफा (२) अनुसारको कसुर भएको हुँदा निज भगवान झालाई ऐ. ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद सजाय र जरीवाना हुन एवं निजले आपूर्तिकर्तासंग खरिद सम्झौता गर्दा आफूलाई प्रत्यायोजित नै नभएको अधिकारको प्रयोग गरेको देखिएकोले निजले वदनियतपूर्ण तवरबाट आफूले नपाएको अधिकार पाएँ भनी खरिद सम्झौता गर्ने कार्य गरी निजले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १५ अनुसार समेत थप कसुर गरेको देखिएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिम कैद सजाय र जरिवाना हुन मागदावी लिइएको छ ।
 
प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24