गंगादेव गाउँपालिका, रोल्पामा प्राविधिक शाखा प्रमुखको रुपमा कार्यरत इन्जिनियर नविन डाँगी उपर बिगो रु. ४,०६,५००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।



प्रेस विज्ञप्ति:- मिति २०७९।०४।१२ गते।
------------------------------------------

जिल्ला रोल्पा, गंगादेव गाउँपालिकाका इन्जिनियर नविन डाँगीले मोटरबाटो निर्माण योजनाको नापी किताब, बिल तयार गरिदिएवापत सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिई गएको टोलीले निज नविन डाँगीलाई सेवाग्राहीसँग रु.५०,०००।– (पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७९।०३।२४ गते नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा गंगादेव गाउँपालिका, रोल्पामा प्राविधिक शाखा प्रमुखको रुपमा कार्यरत इन्जिनियर नविन डाँगीले मोटरबाटो निर्माण उपभोक्ता समितिले निर्माण गरेको मोटरबाटोको नापी किताव तयार गरी अन्तिम भुक्तानीको लागि फाइल पेश गरी दिने प्रयोजनार्थ सेवाग्राहीसँग रु. ५०,०००।–घुस/रिसवत माग गरी लिएको एवं खानतलासी गर्ने क्रममा बरामद भएको रकम रु. ३,५६,५००।–समेत काम गरिदिएवापत सेवाग्राहीहरुबाट लिएको भनी उल्लेख गरेको र रकमको श्रोत खुलाउने बस्तुनिष्ठ प्रमाण पेश गर्न नसकेकोले उक्त रकम निजले सेवाग्राहीहरुबाट घुस/रिसवतवापत लिएको देखिएको हुँदा निज इन्जिनियर नविन डाँगीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)को कसुरमा बिगो रु. ४,०६,५००।–(चार लाख छ हजार पाँच सय रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र ऐ. ऐनको दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम कैद सजाय हुन तथा निजबाट बरामद भएको रकममध्ये रु. ३,५६,५००।– सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जफत हुनसमेत मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download
  

Other Press Release

सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12