जिल्ला पाल्पा, खेलकुद विकास समितिका तत्कालीन अध्यक्ष करूणा काफ्ले, कार्यालय प्रमुख तारा बहादुर थापा र प्रोपाइटरहरुसमेत ४ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०४।०८ गते।
------------------------------------------

जिल्ला पाल्पा, खेलकुद विकास समितिको अध्यक्षसमेतले आ.व. २०७३।०७४ र २०७४।०७५ मा फर्जी कागजात तयार गरी रकम भुक्तानी दिई भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा पाल्पा जिल्ला, स्थित रामपुर बहुउद्देश्यीय कभर्डहलको निर्माणमा पाल्पा जिल्ला, खेलकुद विकास समितिका तत्कालीन कार्यालय प्रमुख तारा बहादुर थापा र समितिका तत्कालीन अध्यक्ष करूणा काफ्लेले सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ मा उल्लेख भएको प्रावधानविपरीत Detailed Project Report (DPR) जस्तो गहन तथा सुक्ष्म अध्ययन हुनुपर्नेमा सो नगरी फिनेश इन्जिनियर्स एण्ड बिल्डर्स प्रा.लि.सँग अति संक्षिप्त रूपको परामर्श सेवा खरिद सम्झौता गरेको, Detailed Project Report (DPR) पेश गरेपछि मात्र भुक्तानी दिनुपर्ने रु.९,९०,०००।- उक्त Detailed Project Report (DPR) नै पेश नगरी Inception Report लाई नै Detailed Project Report भनी फिनेश इन्जिनियर्स एण्ड बिल्डर्स प्रा.लिका प्रोप्राइटरले पेश गरेको झुठा विल भरपाईको आधारमा वदनियतपूर्वक फिनेश इन्जिनियर्स एण्ड बिल्डर्स प्रा.लि.का प्रोप्राइटरहरू सन्देश पाण्डे र झपेन पाण्डेलाई लाभ र नेपाल सरकारलाई हानी पुर्‍याउने उद्देश्यले निजहरु करूणा काफ्ले र तारा बहादुर थापाले भुक्तानी दिएको हुँदा निजहरुको उक्त कसुर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर भएकोले निजहरु तत्कालीन पाल्पा जिल्ला, खेलकुद विकास समितिका अध्यक्ष करूणा काफ्ले र तत्कालीन पाल्पा जिल्ला, खेलकुद विकास समितिका कार्यालय प्रमुख तारा बहादुर थापालाई विगो रू.९,९०,०००।- (नौ लाख नब्बे हजार रूपैया) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद सजाय तथा विगो बमोजिम जरिवाना गरी उक्त विगो असुल उपर हुन मागदावी लिइएको छ ।

साथै, परामर्शदाता कम्पनी फिनेश इन्जिनियर्स एण्ड बिल्डर्स प्रा.लि.का प्रोप्राइटरहरू सन्देश पाण्डे र झपेन पाण्डेले पाल्पा जिल्ला, खेलकुद बिकास समितिमा Inception Report मात्र पेश गरी आफूले सम्पन्न गर्नुपर्ने Detailed Project Report (DPR) को कार्यसम्पन्न नगरी आफूलाई गैरकानूनी लाभ हुने र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याउने बदनियतले पाल्पा जिल्ला, खेलकुद बिकास समितिसँग गरेको सम्झौता तथा स्वीकार गरेको शर्त विपरीत रू.९,९०,०००।- भुक्तानी लिइएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर भएको हुँदा निजहरु फिनेश इन्जिनियर्स एण्ड बिल्डर्स प्रा.लि.का प्रोप्राइटरहरु सन्देश पाण्डे र झपेन पाण्डेलाई उक्त ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी ऐ. ऐनको ऐ. दफा ८ को उपदफा (४) बमोजिम विगो रू.९,९०,०००।- (नौ लाख नव्वे हजार रुपैयाँ) समेत निजहरूबाट जफत गरी पाउन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24