जिल्ला खेलकुद विकास समिति सप्तरीका तत्कालीन अध्यक्ष एजेट न्यासुर, उपाध्यक्ष, कार्यालय प्रमुख, इन्जिनियर र निर्माण सेवाका संचालकसमेत ७ जना र २ वटा निमार्ण सेवा उपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।
प्रेस विज्ञप्ति:- मिति २०७९।०३।२९ गते ।
----------------------------------------------------
जिल्ला खेलकुद विकास समितिको कार्यालय, सप्तरीद्वारा राजविराज नगरपालिकास्थित राजरङ्गशाला खेलमैदान स्तरोन्नति कार्यको लागि आर्थिक बर्ष २०७३/०७४ मा बजेट विनियोजन भएकोमा बजेट बराबरको काम नगरी अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निर्धारित शर्त तथा मापदण्ड (स्पेशिफिकेशन) विपरीतको कार्यलाई मापदण्ड बमोजिम नै भएको भनी प्रमाणित वा स्वीकृत गर्ने, फिल्डमा कम काम भएकोमा वढी काम भएको भनी नापी किताबमा मूल्याङ्कन गरी चढाउने तथा कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने एवं निर्धारित शर्त तथा मापदण्ड बमोजिम काम नगरी/नगराई गलत प्रतिवेदन तयार गरी भुक्तानीको लागि सिफारिस गरी सरकारी रकमको हिनामिना गर्ने देहायका व्यक्तिहरुउपर देहाय बमोजिम सजायको मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । क्रमश......
(थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
प्रवक्ता
श्याम प्रसाद भण्डारी
Tweet