जिल्ला पर्सा, रामजानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका निर्माण समितिका अध्यक्ष कन्हैया साह कानुसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।



प्रेस विज्ञप्ति:- मिति २०७९।०३।२८ गते ।
----------------------------------------------------

जिल्ला पर्सा, साविक गा.वि.स. भेडिहारीमा रहेको रामजानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक समेतले विद्यालयमा प्राप्त विभिन्न शीर्षकको रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा रामजानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका निर्माण समितिका अध्यक्ष कन्हैया साह कानु, प्रधानाध्यापक तथा सदस्य सचिव रामवचन प्रसाद, र सदस्य रामचन्द्र सा कानुले समितिका अध्यक्ष कन्हैया साह कानुलाई नै अस्वभाविक रुपमा रकम पेश्की उपलव्ध गराएको, निर्माण समितिका अध्यक्ष कन्हैया साह कानुले लिएको रु.११,९५,०००।–पेश्कीबाट विद्यालय निर्माणको कुनै कार्य नगरेको तथा पेश्कीबापतको रकम हालसम्म विद्यालयको खातामा दाखिलासमेत नगरी विद्यालय भवन निर्माण गर्ने भनी प्रचलित खरिद ऐन नियम विपरीत सम्झौतासमेत नगरी पेश्की लिई/दिई सार्वजनिक संस्थाको सम्पत्तिको लापरवाही र वदनियतपूर्ण तरिकाले हिनामिना, हानिनोक्सानी एवं दुरुपयोग गरे गराएको देखिएको हुँदा निजहरुको उल्लेखित कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएकोले निजहरु कन्हैया साह कानु, राम वचन प्रसाद र रामचन्द्र सा कानुलाई सोही ऐनको दफा १७ एवं ३(१) र ३(१)(च) बमोजिमको सजाय हुन तथा निजहरुले हिनामिना र  हानिनोक्सानी गरेको रकम रु.११,९५,०००।– सोही ऐनको दफा १७ बमोजिम निजहरुबाटै असुल उपर हुनसमेत मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24