जिल्ला बारा, साविक कलैया न.पा. हाल कलैया उपमहानगरपालिका वडा नं. ११ बस्ने शुभकामना नर्सरीका संचालक अजय कुमार कुशवाहाउपर प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर ।


प्रेस विज्ञप्ति:- मिति २०७९।०३।२७ गते ।
----------------------------------------------------

तत्कालीन जिल्ला वन कार्यालय, बाराका तत्कालीन सहायक वन अधिकृत विन्देश्वर प्रसाद पटेलले जिल्ला वन कार्यालय, बारा अन्तर्गत वरियापुर नर्सरीमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास कार्यक्रम अन्तर्गत वाँसको विरुवा खरिदमा व्यापक अनियमितता गरेको व्यहोराको सम्मानित विशेष अदालतमा मिति २०७७।०३।२८ गते दर्ता भएको मुद्दामा सरकारी साक्षीका रुपमा पेश गरिएका जिल्ला बारा, कलैया उपमहानगरपालिका वडा नं. १ बस्ने शुभकामना नर्सरीका संचालक अजय कुमार कुशवाहाले प्रतिकूल बकपत्र गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा विशेष अदालत, काठमाडौंमा दर्ता भएको भ्रष्टाचार (सरकारी रकम दुरुपयोग तथा हिनामिना) को प्रतिवादी विन्देश्वर प्रसाद पटेलसमेत भएको मुद्दामा अजय कुमार कुशवाहालाई सरकारी साक्षीको रुपमा पेश गरिएकोमा निजले विशेष अदालत, काठमाडौंसमक्ष उपस्थित भई वकपत्र गर्दा आयोगबाट अनुसन्धानको क्रममा गरिएका कागजातहरुको व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि हुन आएको हुँदा निज अजय कुमार कुशवाहाले गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुरमा ऐ. ऐनको दफा २२ बमोजिम मतियार हुने देखिएकोले निज अजय कुमार कुशवाहालाई रु.३,००,०००।– (तीन लाख रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ को प्रतिबन्धनात्मक वाक्याशंले निर्देशन गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुरमा ऐ. ऐनको दफा २२ बमोजिम मतियारलाई हुने जरिवाना र कैद सजाय हुन मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24