डिभिजन वन कार्यालय, चितवनका तत्कालीन रेन्जर जगदिप गौतम उपर बिगो रु. १,५०,०००।– कायम गरी घुस/रिसवत माग गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।



प्रेस विज्ञप्ति:- मिति २०७९।०३।२४ गते ।
----------------------------------------------------

डिभिजन वन कार्यालय, चितवनका कर्मचारी अनुसन्धान अधिकृत रेन्जर जगदिप गौतमले रु.१,५०,०००।- (एक लाख पचास हजार रुपैयाँ) घुस/रिसवत माग गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा डिभिजन वन कार्यालय, चितवनका तत्कालीन रेन्जर जगदिप गौतमले विना इजाजत साल चिरान काठ ओसार पसार मुद्दामा सेवाग्राहीसँग रु.१,५०,०००।- घुस/रिसवत माग गरी भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि हुन आएकोले निज जगदिप गौतमको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको हुँदा निजलाई बिगो रु.१,५०,०००।- (एक लाख पचास हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

Download
  

Other Press Release

नारायणी अस्पताल, वीरगंज, पर्साका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट संजय कुमार ठाकुरसमेत ९ जना र लुम्बिनी-मिसन जे.भी. उपर सार्वजनिक सम्पति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/04
जिल्ला नवलपरासी, (बर्दघाट सुस्ता पश्चिम) पाल्हीनन्दन गाउँपालिका वडा नं. ५ बस्ने राम किशुन कुर्मी, अनन्त बढै, चन्द्रीका चमार, लोरिक अहिर र श्रीभदै केवट उपर प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/02
जिल्ला सिरहा, महावीर मा.वि. चैनपुरमा कार्यरत शिक्षक टिक बहादुर मगर उपर अध्यापन अनुमतिपत्र झुट्टा/नक्कली सम्बन्धी आरोपपत्र दायर।
2025/04/29
प्रहरी चौकी दुगौलिया, रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक खिम बहादुर खड्का उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/04/29
जिल्ला सर्लाही, धनकौल गाउँपालिकाका प्रशासकीय अधिकृत कृष्ण मोहन प्रसाद साह, इन्जिनियर, वडा अध्यक्ष समेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/04/28
मधेस प्रदेश, सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इम नारायण श्रेष्ठ, हस्पिटेक इन्टरप्राइजेज प्रा.लि.का सञ्चालक विशाल पण्डित समेत १४ जना र हस्पिटेक इन्टरप्राइजेज प्रा.लि. उपर गैरकानूनी लाभ हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/04/27