जिल्ला बाग्लुङ, काठेखोला गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर वि.क., सव-इञ्जिनियर तथा उपभोक्ता समितिका अध्यक्षसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।


प्रेस विज्ञप्ति:- मिति २०७९।०३।१५ गते ।
----------------------------------------------------

जिल्ला बाग्लुङ, काठेखोला गाउँपालिकास्थित नालढुङ्गा (घुँडेखोला) खानेपानी योजनामा नापी किताब अनुसारको पाइप प्रयोग नगरेको, एक्लेखेतघाट ह्यूमपाईप आयोजनामा कमसल सामग्री प्रयोग गरी अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर वि.क., तत्कालीन सब-इञ्जिनियर नवीन थापा र असिस्टेन्ट सव-इञ्जिनियर सनोज उपाध्यायले सम्झौतामा उल्लेख भएबमोजिम सुपरीवेक्षण गर्न, गुणस्तर कायम गर्न र यथार्थ कार्यको नापजाँचको लागि सम्बन्धित साइट प्राविधिकलाई जिम्मेवारी नतोकी नापी कितावमा सही गरी सहमति जनाई नभए नगरेको कार्यको समेत झुट्टा बिल भरपाई बनाई/बनाउन लगाई गलत मूल्याङ्कनमा प्रत्यक्ष सहभागी भएको, इष्टिमेटबमोजिम नभए नगरेको कार्यको समेत नापी किताव तयार गरी भुक्तानीका लागि सिफारिस गर्ने कार्य गरी रु.२,३९,२८४।१९ हानिनोक्सानी गरी भ्रष्टाचार गरेको पुष्टि भएको हुँदा निजहरु खिम बहादुर वि.क., नवीन थापा र सनोज उपाध्यायलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय खण्ड (ग) र (ङ) बमोजिमको कसुरमा बिगो रु.२,३९,२८४।१९  (दुई लाख उनन्चालिस हजार दुई सय चौरासी रुपैयाँ उन्नाइस पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद सजाय तथा बिगोबमोजिम जरिवाना गरी हानिनोक्सानी भएको बिगोसमेत निजहरुबाट  ऐ.ऐनको दफा ८ को उपदफा (१) बमोजिम असुलउपर हुन मागदावी लिइएको छ ।

साथै, उपभोक्ता समितिका अध्यक्ष अम्मर बहादुर गुरुङ, सचिव चेलीमाया थापा र कोषाध्यक्ष गगन बहादुर कार्कीले सम्झौता गरिएको एक्लेखेतघाट ह्यूमपाईप निर्माण आयोजनाको सम्झौता बमोजिम ह्यूमपाईप राख्दा गर्नुपर्ने Plain Cement Concrete (PCC) work, stone masonry wall लगायतका लगत इष्टिमेटमा तोकिएका कामहरु गर्नुपर्नेमा सो नगरी/नगराई स्थलगत रुपमा नभएको नगरेको कार्यको समेत झुट्टा बिल भरपाई बनाउने, कार्यभन्दा बढी नापी कितावमा चढाउन लगाई सोहीबमोजिमको भुक्तानी लिने कार्य गरी रु.२,३९,२८४।१९ हानिनोक्सानी गरी भ्रष्टाचार गरेको पुष्टि भएको हुँदा निजहरु अमर बहादुर गुरुङ, चेलीमाया थापा र गगन बहादुर कार्कीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा बिगो रु. २,३९,२८४।१९ (अक्षरुपी दुई लाख उनन्चालीस हजार दुई सय चौरासी रुपैयाँ उन्नाइस पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४)  बमोजिम कैद सजाय तथा बिगोबमोजिम जरिवाना गरी हानी भएको बिगो निजहरुबाट ऐ.ऐनको दफा ८ को उपदफा (४) बमोजिम जफत हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

सहायक प्रवक्ता
वेदप्रसाद भण्डारी

Download
  

Other Press Release

जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16