जिल्ला बाग्लुङ, काठेखोला गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर वि.क., सव-इञ्जिनियर तथा उपभोक्ता समितिका अध्यक्षसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।


प्रेस विज्ञप्ति:- मिति २०७९।०३।१५ गते ।
----------------------------------------------------

जिल्ला बाग्लुङ, काठेखोला गाउँपालिकास्थित नालढुङ्गा (घुँडेखोला) खानेपानी योजनामा नापी किताब अनुसारको पाइप प्रयोग नगरेको, डुडियाघाट तथा लामाबगरस्थित ह्यूमपाइप निर्माणमा कमसल सामग्री प्रयोग गरेकाले आयोजना कामै नचल्ने गरी बिग्रिएको र डुडियाघाट लामाबगर ह्यूमपाईप आयोजनामा अनियमितता भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर वि.क., तत्कालीन सब-इञ्जिनियर नवीन कुमार दास र असिस्टेन्ट सव-इञ्जिनियर सनोज उपाध्यायले सम्झौतामा उल्लेख भएबमोजिम सुपरीवेक्षण गर्न, गुणस्तर कायम गर्न र यथार्थ कार्यको नापजाँचको लागि सम्बन्धित साइट प्राविधिकलाई जिम्मेवारी नतोकी नापी कितावमा सही गरी सहमति जनाई नभए नगरेको कार्यको समेत झुट्टा बिल भरपाई बनाई/बनाउन लगाई गलत मूल्याङ्कनमा प्रत्यक्ष सहभागी भएको, इष्टिमेटबमोजिम नभए नगरेको कार्यको समेत नापी किताव तयार गरी भुक्तानीका लागि सिफारिस गर्ने कार्य गरी लामाबगर ह्यूमपाईप आयोजनामा र डुडियाघाट ह्यूमपाईपमा जम्मा रु.४,९०,२२७।७७  हानिनोक्सानी गरी भ्रष्टाचार गरेको पुष्टि भएको हुँदा निजहरु खिम बहादुर वि.क., नवीन कुमार दास र सनोज उपाध्यायलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (१) को देहाय खण्ड (ग) र (ङ) बमोजिमको कसुरमा बिगो रु.४,९०,२२७।७७ (चार लाख नब्बे हजार दुई सय सत्ताइस रुपैयाँ सतहत्तर पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद सजाय तथा बिगोबमोजिम जरिवाना गरी हानिनोक्सानी भएको बिगोसमेत निजबाट सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम असुल उपर हुन मागदावी लिइएको छ ।

साथै, उपभोक्ता समितिका अध्यक्ष रन बहादुर थापा, सचिव टेक नारायण पुन र कोषाध्यक्ष पार्वती थापाले बाग्लुङ जिल्ला काठेखोला गाउँपालिका लामाबगर ह्यूमपाईप र डुडियाघाट ह्यूमपाईपमा सम्झौताबमोजिम ह्यूमपाईप राख्दा गर्नुपर्ने Plain Cement Concrete (PCC) work, stone masonry wall लगायतका लगत इष्टिमेटमा तोकिएका कामहरु गर्नुपर्नेमा सो नगरी नगराई स्थलगतरुपमा नभएको नगरेको कार्यको समेत झुट्टा बिल भरपाई बनाई बनाउन लगाई भए गरेको कार्यभन्दा बढी नापी कितावमा चढाउन लगाई सोहीबमोजिमको भुक्तानी लिने कार्य गरी लामाबगर ह्यूमपाईप आयोजना र डुडियाघाट ह्यूमपाईपमा रु.४,९०,२२७।७७ हानिनोक्सानी गरी भ्रष्टाचार गरेको पुष्टि भएको हुँदा निजहरु रन बहादुर थापा, टेक नारायण पुन र पार्वती थापालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा बिगो रु.४,९०,२२७।७७ (चार लाख नब्बे हजार दुई सय सत्ताइस रुपैयाँ सतहत्तर पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४)  बमोजिम कैद सजाय तथा बिगोबमोजिम जरिवाना गरी हानी भएको बिगो निजहरुबाट जफत हुने मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


सहायक प्रवक्ता
वेदप्रसाद भण्डारी

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24