जिल्ला रुपन्देही, ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, इन्जिनियर, सब-इन्जिनियर र उपभोक्ता समितिका अध्यक्षसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।


प्रेस विज्ञप्ति:- मिति २०७९।०३।१४ गते ।
----------------------------------------------------

जिल्ला रुपन्देही, ओमसतिया गाउँपालिका वडा नं. ४ मटेरिया गाउँको मुख्य सडक पी.सी.सी. निर्माण कार्य गर्दा सम्झौता अनुसार काम नगरी रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा  जिल्ला रुपन्देही, ओमसतिया गा.पा., वडा नं. ४, मटेरिया गाउँको मुख्य सडकमा पी.सी.सी. गर्ने कार्यमा लागत अनुमान अनुसारको मोटाईमा ढलान नगरी सोभन्दा कम मोटाइमा ढलान गरेको तर नापी किताब तथा बिल पेश गर्दा फिल्डमा भएको भन्दा समग्र पी.सी.सी. परिमाणमा बढी उल्लेख गरी रु. २,६१,८५५।९०  सरकारी रकम हानिनोक्सानी गरेकोले जिल्ला रुपन्देही, ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, इञ्जिनीयर लवकुश चाई र सब इञ्जिनियर सन्तोष भुसालले फिल्डमा कम काम भएको आइटमको नापी किताबमा बढी परिमाण मूल्याङ्‍कन गरी चढाएको तथा कार्यसम्पन्न प्रतिवेदनसमेत तयार गरी आफूहरुलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई गैरकानूनी हानी पुर्‍याउने निजहरु राजु नेपाल, लवकुश चाई र सन्तोष भुसालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) र (ङ) को कसुर गरेको देखिँदा निजहरुलाई बिगो रु.२,६१,८५५।९०  (दुई लाख एकसठ्ठी हजार आठ सय पचपन्न रुपैयाँ नब्बे पैसा) कायम गरी ऐ.ऐ. ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी पाउने मागदाबी लिइएको छ ।

यसैगरी सडक ढलान गर्ने उपभोक्ता समितिका अध्यक्ष गजराज यादव र सचिव धर्मराज खरविन्दले फिल्डमा भएको कम कामको बढी मूल्याङ्‍कन गराई सम्झौता विपरीत कार्य गरी भुक्तानी प्राप्त गरेर बिगो रु.२,६१,८५५।९०  हानिनोक्सानी गरी आफूहरुलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई हानी पुर्‍याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ उपदफा (४) बमोजिमको कसुर गरेकोले निजहरु अध्यक्ष गजराज यादव र सचिव धर्मराज खरविन्दलाई बिगो रु.२,६१,८५५।९०  (दुई लाख एकसठ्ठी हजार आठ सय पचपन्न रुपैयाँ नब्बे पैसा) कायम गरी ऐ.ऐ. ऐनको दफा ८ उपदफा (४) बमोजिम सजाय गरी पाउने मागदाबी लिइएको छ । 

साथै प्रतिवादीहरुबाट गैरकानूनी रुपमा हानिनोक्सानी भएको बिगो रु.२,६१,८५५।९०  (दुई लाख एकसठ्ठी हजार आठ सय पचपन्न रुपैयाँ र नब्बे पैसा) निजहरु राजु नेपाल, लवकुश चाई र सन्तोष भुसालबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) बमोजिम र निजहरु गजराज यादव र धर्माराज खरविन्दबाट ऐ. ऐनको दफा ८(४) बमोजिम असुलउपर तथा जफत गरी पाउनसमेत मागदाबी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३५ बमोजिम आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


सहायक प्रवक्ता
वेदप्रसाद भण्डारी

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24