जिल्ला बर्दिया, राजापुर नगरपालिका वडा नं. ७ स्थित भालुफाँटा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लाहानु थारुसमेत ४ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०२।३१ गते ।
----------------------------------------------------

जिल्ला बर्दिया, राजापुर नगरपालिका वडा नं. ७ स्थित भालुफाँटा सामुदायिक वन उपभोक्ता समूहले गैह्रकाष्ठ वन पैदावार संकलन भई टेण्डर प्रक्रियावमोजिम सुरुची ट्रेड एण्ड सप्लायर्स मगरागाडी-२ बर्दियालाई स्वीकृत गरी स्वीकृत भएबमोजिम लिलाम बिक्री भई आम्दानी रकम अनियमितता भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा भालुफाँटा सामुदायिक वन उपभोक्ता समूह, राजापुर-७ बर्दियाका पदाधिकारीहरु अध्यक्ष लाहानु थारु, तत्कालीन सचिव सोहन प्यारी थारु र तत्कालीन कोषाध्यक्ष राधेश्याम थारुले भालुफाँटा सामुदायिक वन उपभोक्ता समूह, बर्दियाले आ.व. २०७४/०७५ मा गैह्रकाष्ठ वन पैदावार बेत संकलन गरी लिलाम बिक्रीबाट समूहको खातामा जम्मा भएको रकम तुरुन्तै चेकबाट रकम दाखिला गर्नेलाई नै फिर्ता दिई रु. २,७८,०८४।- सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको पुष्टि भएकोले निजहरु लाहानु थारु, सोहन प्यारी थारु र राधेश्याम थारुलाई बिगो रु.२,७८,०८४।- (दुई लाख अठहत्तर हजार चौरासी रुपैयाँ) कायम गरी ऐ. ऐनको दफा १७ ले व्यबस्था गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) र ऐ. ऐनको  दफा ३ को उपदफा (१) देहाय (घ) बमोजिम कैद तथा जरिवानाको सजाय र सोही ऐनको दफा १७ बमोजिम उक्त बिगो असुलउपर गर्ने समेतको मागदाबी लिइएको छ ।

यसैगरी सुरुची ट्रेड एण्ड सप्लायर्स, मगरागढी बर्दियाका प्रोपाइटर पारस गौतमले भालुफाँटा सामुदायिक वन उपभोक्ता समूह, बर्दियाको आ.व. २०७४/०७५ मा गैह्रकाष्ठ वन पैदावार बेत लिलाम सकार गरी सोबापत जम्मा गरेको  रकम समूहका पदाधिकारीहरुलाई प्रलोभनमा पारेर मिलोमतोमा चेक काट्न लगाई समूहको खाताबाट रकम निकाली रु.२,७८,०८४।- रकम हिनामिना गरेकोले सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गर्ने प्रतिबादीहरु लाहानु थारु, सोहन प्यारी थारु र राधेश्याम थारुको मतियार भई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक बाक्यांश बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निज पारस गौतमलाई बिगो रु.२,७८,०८४।- (दुई लाख अठहत्तर हजार चौरासी रुपैयाँ) कायम गरी ऐ. ऐनको दफा २२ को प्रतिबन्धात्मक बाक्याशं र ऐ. ऐनको दफा १७ ले व्यबस्था गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) र ऐ. ऐनको दफा ३ को उपदफा (१) देहाय (घ) बमोजिम कैद तथा जरिवानाको सजाय र सोही ऐनको दफा १७ बमोजिम उक्त बिगो असुल गर्ने समेतको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । 

प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24