जिल्ला रौतहट, सेफ नेपाल नामक संस्थाका अध्यक्ष रामनरेश राय यादबउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०२।३० गते ।
----------------------------------------------------

जिल्ला रौतहट,सेफ नेपाल नामक संस्थाका अध्यक्ष रामनरेश राय यादबसमेतले सेफ नेपाल नामक संस्थामार्फत संचालित महिला जनचेतना कार्यक्रममा अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्वन्धमा अनुसन्धान हुँदा जिल्ला रौतहट, स्थानीय गढीमाई नगरपालिकासँग सेफ नेपाल, गौर-५ रौतहटले लक्षित वर्ग अन्तर्गत जनचेतना मूलक कार्यक्रम र महिला जनचेतना कार्यक्रमको लागि कार्यक्रम संचालन गर्न गढीमाई नगरपालिकाले जिम्मेवारी तोकी सम्झौता गरी कार्यादेश एवं अनुदानसमेत दिइएकोमा उक्त संस्थाका अध्यक्ष रामनरेश राय यादवले नक्कली बिल भरपाई तयार गरी रु.१,७२,२४०।- रकम खाई मास्ने उद्देश्य लिई सरकारी सम्पत्ति बदनियतपूर्वक हिनामिना गरी हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार निवारण ऐन,  २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज रामनरेश राय यादवउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम ऐ. ऐनको दफा ३(१) र दफा ३(१) को देहाय (घ) बमोजिम कैद र विगोबमोजिमको जरिवानाको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।  

प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24