जिल्ला रामेछाप, कण्ठेश्वर माध्यमिक विद्यालय, टोकरपुर, दोरम्बाका तत्कालीन प्रधानाध्यापक रामबाबु कडेल, सहायक प्रधानाध्यापक/लेखापाल रामलाल कडेल र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०२।२७ गते ।
----------------------------------------------------

जिल्ला रामेछाप, कण्ठेश्वर माध्यमिक विद्यालय, टोकरपुर, दोरम्बा-३ का प्रधानाध्यापकसमेतले विद्यालय भवन निर्माण गर्दा बिद्यालय कोषको रकम आफूखुशी झिकी भवन निर्माणमा खर्च देखाई व्यक्तिगत लाभ लिई निर्माण समाग्रीहरु लुकाई विक्री वितरण गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन प्रधानाध्यापक रामबाबु कडेल र सहायक प्रधानाध्यापक/लेखापाल रामलाल कडेल समेतले बिद्यालय कोषको रकम खर्च गर्दा कानुनको परिपालना नगरी अनावश्यक रुपमा खर्च भएको भनी बिद्यालय कोषको रकम निकाली अस्वभाविक आधार प्रमाण देखाई रु.१२,८४,१२२।७३ हिनामिना गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुरमा निजहरु तत्कालीन प्रधानाध्यापक रामबाबु कडेल र सहायक प्रधानाध्यापक/लेखापाल रामलाल कडेललाई बिगो रु.१२,८४,१२२।७३  (बाह्र लाख चौरासी हजार एक सय बाइस रुपैयाँ त्रिहत्तर पैसा)  कायम गरी ऐ. ऐनको दफा १७ ले व्यवस्था गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) र ऐ. ऐनको दफा ३ को उपदफा (१) देहाय (च) बमोजिम कैद तथा जरिवानाको सजाय हुन मागदाबी लिइएको छ ।

त्यसैगरी विद्यालय व्यबस्थापन समितिका अध्यक्ष विनोद थापामगरले खर्चको आवश्यकतालाई ध्यानमा नराखी विद्यालय कोषको रकम खर्च गर्ने कार्यमा सहमति जनाएको, विद्यालय कोषको नियमन गर्न नसकेको, आफ्नो ओहोदाको कर्तब्य पालना गर्दा निजहरु तत्कालीन प्रधानाध्यापक रामबाबु कडेल र सहायक प्रधानाध्यापक/लेखापाल रामलाल कडेलको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 1७ बमोजिम सरकारी वा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गर्ने कार्यको मतियार भई ऐ. ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्याशं बमोजिमको (कसुर गर्ने व्यक्ति सरह) कसुर गरेको पुष्टि भएको हुँदा निज विनोद थापामगरलाई बिगो रु.१२,८४,१२२।७३ (बाह्र लाख चौरासी हजार एक सय बाइस रुपैयाँ त्रिहत्तर पैसा)  कायम गरी ऐ. ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्याशं र दफा १७ ले व्यवस्था गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) र ऐ. ऐनको दफा ३ को उपदफा (१) देहाय (च) बमोजिम सजाय हुन मागदावी लिने एवं हानिनोक्सानी पुर्‍याइएको सार्वजनिक सम्पत्तिको बिगो रु.१२,८४,१२२।७३ निजहरु रामबाबु कडेल, रामलाल कडेल र विनोद थापामगरबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र ऐ. ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्याशं बमोजिम असुलउपर गरी पाउन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।  

सहायक प्रवक्ता
वेदप्रसाद भण्डारी

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24