जिल्ला रामेछाप, कण्ठेश्वर माध्यमिक विद्यालय, टोकरपुर, दोरम्बाका तत्कालीन प्रधानाध्यापक रामबाबु कडेल, सहायक प्रधानाध्यापक/लेखापाल रामलाल कडेल र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०२।२७ गते ।
----------------------------------------------------

जिल्ला रामेछाप, कण्ठेश्वर माध्यमिक विद्यालय, टोकरपुर, दोरम्बा-३ का प्रधानाध्यापकसमेतले विद्यालय भवन निर्माण गर्दा बिद्यालय कोषको रकम आफूखुशी झिकी भवन निर्माणमा खर्च देखाई व्यक्तिगत लाभ लिई निर्माण समाग्रीहरु लुकाई विक्री वितरण गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन प्रधानाध्यापक रामबाबु कडेल र सहायक प्रधानाध्यापक/लेखापाल रामलाल कडेल समेतले बिद्यालय कोषको रकम खर्च गर्दा कानुनको परिपालना नगरी अनावश्यक रुपमा खर्च भएको भनी बिद्यालय कोषको रकम निकाली अस्वभाविक आधार प्रमाण देखाई रु.१२,८४,१२२।७३ हिनामिना गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुरमा निजहरु तत्कालीन प्रधानाध्यापक रामबाबु कडेल र सहायक प्रधानाध्यापक/लेखापाल रामलाल कडेललाई बिगो रु.१२,८४,१२२।७३  (बाह्र लाख चौरासी हजार एक सय बाइस रुपैयाँ त्रिहत्तर पैसा)  कायम गरी ऐ. ऐनको दफा १७ ले व्यवस्था गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) र ऐ. ऐनको दफा ३ को उपदफा (१) देहाय (च) बमोजिम कैद तथा जरिवानाको सजाय हुन मागदाबी लिइएको छ ।

त्यसैगरी विद्यालय व्यबस्थापन समितिका अध्यक्ष विनोद थापामगरले खर्चको आवश्यकतालाई ध्यानमा नराखी विद्यालय कोषको रकम खर्च गर्ने कार्यमा सहमति जनाएको, विद्यालय कोषको नियमन गर्न नसकेको, आफ्नो ओहोदाको कर्तब्य पालना गर्दा निजहरु तत्कालीन प्रधानाध्यापक रामबाबु कडेल र सहायक प्रधानाध्यापक/लेखापाल रामलाल कडेलको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 1७ बमोजिम सरकारी वा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गर्ने कार्यको मतियार भई ऐ. ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्याशं बमोजिमको (कसुर गर्ने व्यक्ति सरह) कसुर गरेको पुष्टि भएको हुँदा निज विनोद थापामगरलाई बिगो रु.१२,८४,१२२।७३ (बाह्र लाख चौरासी हजार एक सय बाइस रुपैयाँ त्रिहत्तर पैसा)  कायम गरी ऐ. ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्याशं र दफा १७ ले व्यवस्था गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) र ऐ. ऐनको दफा ३ को उपदफा (१) देहाय (च) बमोजिम सजाय हुन मागदावी लिने एवं हानिनोक्सानी पुर्‍याइएको सार्वजनिक सम्पत्तिको बिगो रु.१२,८४,१२२।७३ निजहरु रामबाबु कडेल, रामलाल कडेल र विनोद थापामगरबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र ऐ. ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्याशं बमोजिम असुलउपर गरी पाउन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।  

सहायक प्रवक्ता
वेदप्रसाद भण्डारी

Download
  

Other Press Release

जिल्ला धनुषा, सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रंजित कुमार यादव, वडा अध्यक्षसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/14
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/11
जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/10
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेल उपर बिगो रू.६,२६,९३,१२९।८२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/09