नापी कार्यालय, चावहिल १ नं. नापी टोली, बुढानिलकण्ठका सर्भेक्षक विनोद के.सी. र अमिन प्रकाश राज भट्ट उपर बिगो रु. १,००,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०७९।०२।२३ गते ।
----------------------------------------------------
नापी कार्यालय, चावहिल १ नं. नापी टोली, बुढानिलकण्ठमा कार्यरत सर्भेक्षक बिनोद के.सी. र अमिन प्रकाश राज भट्टले जग्गाको हालसाविक गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निजहरुलाई सेवाग्राहीबाट रु.१,००,०००।– (एक लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७८।१२।२२ गते नियन्त्रणमा लिइएको थियो ।
अनुसन्धानको सिलसिलामा नापी कार्यालय, चावहिल १ नं. नापी टोली, बुढानिलकण्ठका सर्भेक्षक विनोद के.सी. र अमिन प्रकाश राज भट्टको मिलेमतोमा जग्गा हालसाविक गर्ने कार्यको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरी रु.१,००,०००।- लिएको पुष्टि हुन आएको हुँदा निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले निजहरु सर्भेक्षक विनोद के.सी. र अमिन प्रकाश राज भट्ट उपर बिगो रु.१,००,०००।-(एक लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम जरिवाना तथा कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
सहायक प्रवक्ता
वेदप्रसाद भण्डारी
Tweet