नेपाल राष्ट्रिय विद्यापीठ उच्च माध्यमिक विद्यालय, श्रीपूर, मुर्ली, वीरगंज, पर्साका तत्कालीन प्रधानाध्यापक बलराम श्रेष्ठसमेत २ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०२।१८ गते ।
----------------------------------------------------

नेपाल राष्ट्रिय विद्यापीठ उच्च माध्यमिक विद्यालय, श्रीपूर, मुर्ली, वीरगंज, पर्सामा जिल्ला शिक्षा कार्यालय, पर्साबाट निकासा भएको भौतिक निर्माणवापत रकम लगायत विद्यालयको स्रोतसमेत दुरुपयोग गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा नेपाल राष्ट्रिय विद्यापीठ उच्च माध्यमिक विद्यालय श्रीपुर, मुर्ली, बीरगंज, पर्सालाई जिल्ला शिक्षा कार्यालय, पर्साबाट आर्थिक वर्ष २०६८/०६९ मा विज्ञान प्रयोगशाला निर्माण, सामाग्री व्यवस्थापन, भवन निर्माण र महिला शौचालय निर्माणवापत जम्मा रु.२९,५०,०००।–बिभिन्न शीर्षक तोकी रकम निकासा भएकोमा सो रकम सम्बन्धित शीर्षकमा खर्च नगरी तत्कालीन प्रधानाध्यापक बलराम श्रेष्ठसमेतले आफूखुसी खर्च गरेको, २०६७।०६८ को श्रावण, भाद्र, आश्विन तथा दशै खर्चवापतको रकमसमेत रु.९२,३७८।–दोहोरो तलब लिएको देखिएको हुँदा नेपाल सरकारको रकम आफूलाई गैरकानुनी लाभ र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याउने बदनियतले निज बलराम श्रेष्ठले एउटा शीर्षक तोकी बिनियोजित रकम सम्वन्धित शीर्षकमा खर्च नगरी आफूखुशी खर्च गरेको र दोहोरो तलब भत्तासमेत लिएको पुष्टि भएको हुँदा निज बलराम श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको कसुरमा बिगो रु. ३०,४२,३७८।- (तीस लाख बयालीस हजार तीन सय अठहत्तर रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र ऐ.ऐनको दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिम कैद गरी पाउन मागदाबी लिइएको छ ।

साथै बिद्यालय कर्मचारी राकेशमान श्रेष्ठले लेखा सञ्चालन गर्ने हैसियतले एउटा शीर्षकमा बिनियोजित रकम सम्वन्धित शीर्षकमा खर्च नगरी आफूखुशी खर्च गरेको पुष्टि भएको हुँदा निज राकेशमान श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको कसुरमा बिगो रु.२९,५०,०००।– (उनान्तीस लाख पचास हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम ऐ.ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र ऐ.ऐनको दफा ३ को उपदफा (१) को देहायको (छ) बमोजिम कैद गरी पाउन तथा प्रतिवादीहरु बलराम श्रेष्ठ र राकेशमान श्रेष्ठले हिनामिना/हानिनोक्सानी गरेको उल्लिखित बिगो रु. २९,५०,०००।-  निजहरु बलराम श्रेष्ठ र राकेश मान श्रेष्ठबाट र प्रतिवादी बलराम श्रेष्ठले दोहोरो तलव भत्ता बुझी हिनामिना/हानिनोक्सानी गरेको बिगो रु. ९२,३७८।- निज बलराम श्रेष्ठबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुलउपर गरी पाउनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।  

प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24