जिल्ला दैलेख, आठविस नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष तथा गणेश आधारभूत विद्यालय व्यवस्थापन समितिका सदस्य मुक्ति प्रसाद उपाध्याय, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक एवं विद्यालय व्यवस्थापन समितिका सदस्य सचिवसमेत ३ जना उपर गलत लिखत सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०२।१६ गते ।
----------------------------------------------------

जिल्ला दैलेख आठविस नगरपालिका वडा नं. ८ मा रहेको श्री गणेश आधारभूत विद्यालय, विशालामा आई.सी.टी. (ICT) व्यवस्थापनका लागि आ.व. २०७६/०७७ मा सामान खरिद गर्न भनी विद्यालयले रकम हिनामिना गर्ने उद्देश्यले नक्कली बिल भरपाई तथा दाखिला प्रतिवेदन तयार गरी भुक्तानीको लागि आठविस नगरपालिका, दैलेखमा रकम माग गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला दैलेख, आठविस नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष तथा गणेश आधारभुत विद्यालय, विशालाका विद्यालय व्यवस्थापन समितिका सदस्य मुक्ति प्रसाद उपाध्याय, गणेश आधारभूत विद्यालय, व्यवस्थापन समितिका अध्यक्ष सन्तक बहादुर कामी र विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका सदस्य सचिव अनिल कुमार शाहीले उक्त वडाको उज्यालो सोलार वितरण कार्यक्रमको रकम भुक्तानीको वहाना गरी आ.व.२०७६।०७७ मा गणेश आधारभुत विद्यालयमा आई.सी.टी. (ICT) व्यवस्थापनको लागि विद्यालयमा वजेट विनियोजन नै नभएको अवस्थामा बिभिन्न मितिमा आई.सी.टी. (ICT) व्यवस्थापन गर्न सोलार खरिद गर्न कोटेशन आव्हान गर्ने, कोटेशन छनौट गर्ने र सामाग्री नै खरिद नगरी खरिद गरी सकेको भनी विद्यालय व्यवस्थापन समितिको निर्णय गरी सोही निर्णयको आधारमा झुट्टा बिल कागजात तयार गरी जिल्ला दैलेख, आठबिस नगरपालिका वडा नं. ८ को कार्यालयबाट हुँदै नभएको कामलाई कार्य सम्पन्न भएको भनी सिफारिससमेत गरी रकम भुक्तानीको लागि आठविस नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, दैलेखमा रु.४,९८,०००।–रकम भुक्तानी लिने उद्देश्यले सरकारी रकम खाने मास्ने उद्देश्यका साथ गैरकानूनी लाभ लिन गलत लिखत तयार गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ वमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा निजहरु मुक्ति प्रसाद उपाध्याय, सन्तक बहादुर कामी र अनिल कुमार शाहीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ को कसुरमा ऐ. ऐन ऐ. दफा बमोजिम अधिकतम् सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा १८ र दफा ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।  

प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24