जिल्ला रौतहट, श्री विश्वेश्वर प्रसाद कोईराला आदर्श मा.वि., जोकाहा, घिउराका प्रधानाध्यापक राकेश कुमार ठाकुर र दिपेन्द्र सर्जिकल पसलका संचालक दिपेन्द्र कुमार झाउपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०२।१२ गते ।
----------------------------------------------------

जिल्ला रौतहट, श्री विश्वेश्वर प्रसाद कोईराला आदर्श मा.वि., जोकाहा, घिउराका प्रधानाध्यापक राकेश कुमार ठाकुरले करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग रु. ३,००,०००।- घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज प्रधानाध्यापक राकेश कुमार ठाकुरसहित दिपेन्द्र सर्जिकल पसलका संचालक दिपेन्द्र कुमार झालाई सेवाग्राहीबाट रु. ३,००,०००।- (तीन लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७८।१२।३० गते नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा जिल्ला रौतहट, श्री विश्वेश्वर प्रसाद कोईराला आदर्श मा.वि., जोकाहा, घिउराका प्रधानाध्यापक राकेश कुमार ठाकुरले करार अवधि थप गर्नका निम्ति घुस/रिसवत माग गरी दिपेन्द्र सर्जिकल पसलका संचालक दिपेन्द्र कुमार झालाई पैसा लिन लगाएबमोजिम रु.३,००,०००।-घुस/रिसवत लिएको पुष्टि हुन आएको हुँदा निज प्रधानाध्यापक राकेश कुमार ठाकुरले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेकोले निज राकेश कुमार ठाकुरलाई बिगो रु.३,००,०००।- (तीन लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय हुन मागदावी लिइएको छ ।

साथै घुस/रिसवत रकमसहित पक्राउ परेका दिपेन्द्र सर्जिकल पसलका संचालक दिपेन्द्र कुमार झाले प्रधानाध्यापक राकेश कुमार ठाकुरले लिन लगाएबमोजिम घुस/रिसवतबापत रु.३,००,०००।- लिएको हुँदा निज दिपेन्द्र कुमार झाको पनि घुस/रिसवत लिनेदिने कार्यमा प्रत्यक्ष संलग्नता रहेको पुष्टि हुन आएकोले निज दिपेन्द्र कुमार झाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को मतियारको रुपमा कसुर गरेको देखिंदा निजलाई बिगो रू.३,००,०००।- (तीन लाख रुपैया) कायम गरी ऐ.ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम मुख्य कसुरदार सरह नै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
श्याम प्रसाद भण्डारी
 

Download
  

Other Press Release

जिल्ला सिरहा, कल्याणपुर नगरपालिका वडा नं. ६ बस्ने जसोधा कुमारी उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/12
नापी कार्यालय पर्साका सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्याय उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/12
अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थ राज भट्टराईसमेत ७ जना र २ वटा प्रा.लि. उपर घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी कसुरमा आरोपपत्र दायर गरिएको।
2025/12/11
बेलडाँडी गाउँपालिका,कन्चनपुरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीसमेत ४ जना उपर गलत लिखत तयार गरी गर्न लगाई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/11