जिल्ला रौतहट, श्री विश्वेश्वर प्रसाद कोईराला आदर्श मा.वि., जोकाहा, घिउराका प्रधानाध्यापक राकेश कुमार ठाकुर र दिपेन्द्र सर्जिकल पसलका संचालक दिपेन्द्र कुमार झाउपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०२।१२ गते ।
----------------------------------------------------

जिल्ला रौतहट, श्री विश्वेश्वर प्रसाद कोईराला आदर्श मा.वि., जोकाहा, घिउराका प्रधानाध्यापक राकेश कुमार ठाकुरले करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग रु. ३,००,०००।- घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज प्रधानाध्यापक राकेश कुमार ठाकुरसहित दिपेन्द्र सर्जिकल पसलका संचालक दिपेन्द्र कुमार झालाई सेवाग्राहीबाट रु. ३,००,०००।- (तीन लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७८।१२।३० गते नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा जिल्ला रौतहट, श्री विश्वेश्वर प्रसाद कोईराला आदर्श मा.वि., जोकाहा, घिउराका प्रधानाध्यापक राकेश कुमार ठाकुरले करार अवधि थप गर्नका निम्ति घुस/रिसवत माग गरी दिपेन्द्र सर्जिकल पसलका संचालक दिपेन्द्र कुमार झालाई पैसा लिन लगाएबमोजिम रु.३,००,०००।-घुस/रिसवत लिएको पुष्टि हुन आएको हुँदा निज प्रधानाध्यापक राकेश कुमार ठाकुरले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेकोले निज राकेश कुमार ठाकुरलाई बिगो रु.३,००,०००।- (तीन लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय हुन मागदावी लिइएको छ ।

साथै घुस/रिसवत रकमसहित पक्राउ परेका दिपेन्द्र सर्जिकल पसलका संचालक दिपेन्द्र कुमार झाले प्रधानाध्यापक राकेश कुमार ठाकुरले लिन लगाएबमोजिम घुस/रिसवतबापत रु.३,००,०००।- लिएको हुँदा निज दिपेन्द्र कुमार झाको पनि घुस/रिसवत लिनेदिने कार्यमा प्रत्यक्ष संलग्नता रहेको पुष्टि हुन आएकोले निज दिपेन्द्र कुमार झाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को मतियारको रुपमा कसुर गरेको देखिंदा निजलाई बिगो रू.३,००,०००।- (तीन लाख रुपैया) कायम गरी ऐ.ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम मुख्य कसुरदार सरह नै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
श्याम प्रसाद भण्डारी
 

Download
  

Other Press Release

सर्लाही जिल्ला स्थित सागरनाथ वन विकास परियोजनाका तत्कालीन परियोजना प्रमुख विशाल घिमिरे, बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापासमेत १३ जना उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/11
गोदावरी नगरपालिका, ललितपुरका करार इन्जिनियर पदमा कार्यरत सुबास बिष्ट उपर बिगो रू. १,९७,१०,१५७/६३ कायम गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/10
जिल्ला नवलपरासी (ब.सु.प.), महेन्द्र माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण चौधरीसमेत २ जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/09
यातायात व्यवस्था कार्यालय, जुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुख मदन प्रसाद देवकोटासमेत ६ जना उपर सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/08
यातायात व्यवस्था कार्यालय, जुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुख मदन प्रसाद देवकोटासमेत ३ जना उपर सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/08
जिल्ला भक्तपुर, चाँगुनारायण नगरपालिका वडा नं. ४ बस्ने तेज बहादुर तामाङ र सानुकान्छा तामाङ उपर बिगो रू.२४,५०,०००।– कायम गरी घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/05
जिल्ला हुम्ला, ताजाँकोट गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद ढकालसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/04