जिल्ला मोरङ, मिक्लुङ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सन्तोष कुमार लावती, सचिव, कोषाध्यक्ष, आपूर्ति संयोजक तथा सि.वि. बस्नेत एण्ड ऐसोसियट्सका प्रोप्राइटरसमेत ५ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।


 
प्रेस विज्ञप्ति:- मिति २०७९।०२।११ गते ।
----------------------------------------------------
जिल्ला मोरङ, मिक्लुङ सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीले वनको रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्वन्धमा अनुसन्धान हुँदा मिक्लुङ सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन पदाधिकारीहरु र लेखापरीक्षकको मिलेमतोमा आफ्नो सामुदायिक वनरुपी संस्थालाई नोक्सानी र आफूलाई फाइदा पुग्ने गरी प्रचलित कानुनविपरीत फर्जी विल भरपाई पेश गरी वन कार्यालयको कुनै पनि निकायहरुसँग समन्वय एवं पत्राचार तथा निर्देशन नलिई आफूखुसी मुल्य अवमुल्यन गर्ने, काठ निशुल्क बाँड्ने तथा सालको काठलाई कुकाठ वा दाउराको रुपमा मूल्याङ्‍कन गर्ने, परिमाण घटाई बिक्री वितरण गर्ने जस्ता वन पैदावार संकलन तथा बिक्री वितरण निर्देशिका, २०७३ विपरीतका कार्य गरी संस्थामा आम्दानी नदेखाई रकम हिनामिना गरेको पुष्टि हुन आएको हुँदा देहायका पदाधिकारीहरु र लेखापरीक्षकलाई देहायबमोजिम सजायको मागदावी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । क्रमश.........
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24