जिल्ला हुम्ला, साविक लिमि गा.वि.स.का तत्कालीन गा.वि.स. सचिव धर्मराज रोकाया उपर बिगो रु. २,१९,०००।- कायम गरी गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०२।१० गते ।
----------------------------------------------------

जिल्ला हुम्ला, साविक लिमि गा.वि.स.का तत्कालीन गा.वि.स. सचिव धर्मराज रोकायाले आ.व. २०७०/०७१ देखि आ.व. २०७२/०७३ सम्म दोहोरो सामाजिक सुरक्षा भत्ता वितरण गरेको भन्ने उजुरी निवेदन सम्वन्धमा अनुसन्धान हुँदा साविक लिमि गा.वि.स. हुम्लाका तत्कालीन गा.वि.स. सचिवमा कार्यरत धर्मराज रोकायाले सामाजिक सुरक्षा भत्ता रकम वितरण गर्दा सरकारी रकम हिनामिना तथा हानिनोक्सानी गरी नेपाल सरकारलाई गैरकानुनी रुपमा हानी पुर्‍याउने तथा आफू वा अरुलाई गैरकानुनी लाभ पुर्‍याउने बदनियतले कार्य गरी उक्त गा.वि.स.बाट आ.व. २०७०/०७१ देखि आ.व. २०७२/०७३  सम्मको सामाजिक सुरक्षा भत्ता रकम वितरण गर्दा एउटै ब्यक्तिलाई उस्तै नागरिकता प्रमाणपत्र नम्बर राखी दोहोरो सामाजिक सुरक्षा भत्ताको रकम रु.२,१९,०००।– हिनामिना गरेको देखिंदा निज धर्मराज रोकायाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय खण्ड (ङ) वमोजिम कसुर गरेको पुष्टि हुन आएकोले निज धर्मराज रोकायालाई सोही ऐनको दफा ८ र दफा ८ को उपदफा (१) बमोजिम विगो रु.२,१९,०००।– (अक्षेरुपी दुई लाख उन्नाइस हजार) कायम गरी हदैसम्मको कैद र बिगो बमोजिमको जरिवाना गरी हानिनोक्सानी पुर्‍याएको रु.२,१९,०००।– निज धर्मराज रोकायाबाट असुलउपर हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24