तत्कालीन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई धानजोन कन्चनपुरका कार्यालय प्रमुख बरिष्ठ कृषि अधिकृत टंकप्रसाद रिजाल, धानजोन संचालक समितिका संयोजक, इन्जिनियर र प्रा.लि. संचालकसमेत ४ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०२।०९ गते ।
----------------------------------------------------

जिल्ला, कञ्चनपुर भिमदत्त नगरपालिका वडा नं. २, १९ र कृष्णपुर नगरपालिका वडा नं. ६ मा आर्थिक बर्ष २०७३/०७४ मा पोष्ट हार्भेष्ट सेन्टर र कष्टम हायरिङ सेन्टर स्थापनाको लागि सञ्चालक समितिमा निकासा भएको रकम समितिले किसानहरुसँग छलफल नै नगरी आफूखुसी कृषि सामग्री खरिद गरी आर्थिक अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धानजोन कार्यक्रम अन्तर्गत संचालित कार्यक्रमहरु रहेकोमा शुक्लाफाँटा कृषि सहकारीद्वारा सञ्चालित कष्टम हायरिङ सेन्टर र पोष्ट हार्भेष्ट सेन्टर स्थापनाका लागि आवश्यक कृषि सामानहरु खरिद गर्दा तत्कालीन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई धानजोन कन्चनपुरका कार्यालय प्रमुख बरिष्ठ कृषि अधिकृत टंकप्रसाद रिजालसमेतले ट्रयाक्टरहरुको अस्वाभाविक बढी मुल्याङ्कन गरी बढी इष्टिमेट बनाई कष्टम हायरिङ सेन्टर र पोष्ट हार्भेष्ट सेन्टरका लागि ६०HP को २ वटा र ५०HP को १ वटा ट्रयाक्टर गरी जम्मा ३ वटा ट्रयाक्टरहरको अस्वाभाविक बढी मुल्यको कोटेशन तयार गरी सोबापत जम्मा रु.१६,३५,०००।– बढी मुल्यमा ट्रयाक्टरहरु खरिद गरेको पुष्टि हुन आएकोले निज टंकप्रसाद रिजालको हकमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ञ) बमोजिम मालसामान खरिद गर्दा गुणस्तरहीन, म्याद नाघेको र अस्वाभविक बढी मुल्य तिरी खरिद गरे/गराएको कसुरमा बिगो रु.१६,३५,०००।–(सोह्र लाख पैंतीस हजार रुपैयाँ) कायम गरी ऐ. ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय हुन मागदावी लिने तथा धानजोन संचालक समितिका संयोजक तथा शुक्लाफाटाँ कृषि सहकारी अध्यक्ष दशरथ भण्डारीको हकमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ञ) बमोजिम मालसामान खरिद गर्दा गुणस्तरहीन, म्याद नाघेको र अस्वाभविक बढी मुल्य तिरी खरिद गर्ने गराउने कसुरमा बिगो रु.१६,३५,०००।–(सोह्र लाख पैतीस हजार रुपैयाँ) कायम गरी ऐ. ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय, कञ्चनपुर, महाकाली सिंचाई आयोजनामा कार्यरत इन्जिनियर मोहनराम टेलरले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को (क) बमोजिम आयोजनाको सम्भाव्यता अध्ययन गर्दा वा नर्म्स तयार गर्दा पुष्ट्याइँको आधार विना अस्वाभाविक किसिमबाट बढी काम वा लागत देखाउने कसूरमा बिगो रु.१६,३५,०००।–(सोह्र लाख पैतीस हजार रुपैयाँ) कायम गरी ऐ. ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय हुन मागदावी लिने र दिनेश मोटर्श प्रा.लि. का संचालक राजिव हमालको हकमा निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम राष्ट्रसेवक बाहेक अरु कुनै व्यक्तिले आफू वा अरु कुनै व्यक्तिलाई गैरकानुनी लाभ पुर्‍याउने बदनियतले नेपाल सरकार वा सार्बजनिक संस्थासमक्ष गरेको डिलरशिपको शर्त उल्लघंन गरी प्रचलित कानुनद्वारा निषेधित तवरबाट व्यवसाय गरेको कसुरमा बिगो रु.१६,३५,०००।–(सोह्र लाख पैतीस हजार रुपैयाँ) कायम गरी ऐ.ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24