जिल्ला पाँचथर, धुवाखोला आधारभूत विद्यालयका तत्कालीन प्रा.वि. शिक्षक (करार) बिरजु कुमार गक्षदार उपर शैक्षिक योग्यताको झुठ्ठा प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर ।



प्रेस विज्ञप्ति:- मिति २०७९।०१।२३ गते ।
----------------------------------------------------

जिल्ला पाँचथर, तुम्वेबा गाउँपालिका, वडा नं ४ बलेनमा रहेको धुवाखोला आधारभूत विद्यालयका तत्कालीन प्रा.वि. शिक्षक (करार) बिरजु कुमार गक्षदारको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज बिरजु कुमार गक्षदारले प्रा.वि. तृतीय श्रेणी अस्थाई करार शिक्षक पदमा दरखास्तको लागि धुवाखोला आधारभूत विद्यालयमा Proficiency Certificate Level (PCL) को शौक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी नियुक्तिसमेत लिई आफूलाई लाभ हुने बदनियत राखी भ्रष्टाचार गरेको पुष्टि हुन आएको देखिँदा निज उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६(१) बमोजिम समेतको सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

Download
  

Other Press Release

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, लगनखेल, ललितपुरमा सिनियर ल्याव टेक्निसियन सातौं (हाल-ल्याब अधिकृत आठौं) तहमा कार्यरत दिपेन्द्र यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2024/09/18
जिल्ला डडेल्धुरा, डडेल्धुरा अस्पतालको विकास समितिका तत्कालीन अध्यक्ष लक्ष्मण सिंहउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2024/09/16
तत्कालीन पोखरा महानगरपालिका, वडा नं. ३२ स्थित शहरी स्वास्थ्य केन्द्र, मालेपाटनमा अहेव पदमा कार्यरत शोभा उप्रेती उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2024/09/16
रामधुनी नगरपालिका, सुनसरीमा इन्जिनियर पदमा कार्यरत देवेन्द्र नारायण चौधरी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2024/09/16