जिल्ला, अर्घाखाँची साविक ठाडा गा.वि.स. वडा नं १, का तत्कालिन गा.वि.स सचिव हिम बहादुर भाट, सव-इन्जिनियर र उपभोक्ता समितिका अध्यक्षसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०१।०४ गते ।
----------------------------------------------------

जिल्ला अर्घाखाँची, शितगंगा नगरपालिका, वडा नं. ३ स्थित श्री ज्योति बहुमुखी क्याम्पसका  लागि साविक ठाडा गाउँ विकास समिति र जिल्ला विकास समितिको कार्यालयबाट क्याम्पसको भवन तथा सडक निर्माणको लागि विनियोजित रकममा भए गरेको कार्य भन्दा बढी मूल्याङ्‍कन गरी कार्यसम्पन्न प्रतिवेदन तयार गरी अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उक्त क्याम्पस भवन निर्माणको लागि ठाडा गा.वि.स. तथा उपभोक्ता समुहबाट खर्च व्यहोर्ने गरी क्याम्पस भवन निर्माण गर्न सम्झौता गरी लागत अनुमान स्वीकृत भई कार्यसम्पन्न प्रतिवेदन तयार गरी साविक ठाडा गाउँ विकास समिति, अर्घाखाँचीबाट भुक्तानीसमेत भएकोमा, उक्त भवन निर्माण कार्य अधुरो रहेको, संरचना उपयोग हुने अवस्थामा नरहेको, निर्माण कार्यको औचित्यसमेत नदेखिएको हुँदा उक्त कार्यमा संलग्न  साविक ठाडा गा.वि.स. वडा नं १, का तत्कालीन गा.वि.स सचिव हिम बहादुर भाट र तत्कालीन असिस्टेन्ट सब-इन्जिनियर तिल बहादुर रानाले फिल्डमा नभए नगरेको काम नापी किताबमा मूल्याङकन गरी चढाई कार्य सम्पन्न प्रतिवेदनसमेत तयार गरेकोले आवश्यक चेकजाँच नगरी गलत प्रतिवेदन सिफारिस गरेको देखिंदा रु.२,७७,५५१।– हानिनोक्सानी पुर्‍याएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) देहाय (ग) र (ङ) तथा ऐ. ऐनको दफा १९ (२) बमोजिम समेत कसुर गरेको देखिँदा रु.२,७७,५५१।– (दुई लाख सतहत्तर हजार पाँच सय एकाउन्न रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) तथा ऐ.ऐनको दफा १९ बमोजिम समेत सजाय हुन मागदाबी लिइएको छ ।

 प्रतिवादीहरु ज्योती बहुमुखी क्याम्पसको क्याम्पस भवन निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष राम प्रसाद बेल्बासे, उपाध्यक्ष यमेन्द्र पौडेल र सचिव माधव प्रसाद श्रेष्ठले फिल्डमा भए गरेको कामहरु वास्तविक रुपमा भएको कार्यभन्दा बढी मूल्याङकन गरी गराई भुक्तानी माग गर्ने र कार्य सम्पन्न भएको भनी कार्य सम्झौता विपरित कार्य गरी निजहरुले रु.२,७७,५५१।– हानिनोक्सानी पुर्‍याई निजहरुले  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४)  बमोजिमको कुसर गरेको देखिँदा रु.२,७७,५५१।– (दुई लाख सतहत्तर हजार पाँच सय एकाउन्न रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

साथै हिनामिना भएको रकम रु. २,७७,५५१।– प्रतिवादीहरु तत्कालीन गा.वि.स सचिव हिम बहादुर भाट र तत्कालीन असिस्टेन्ट सब-इन्जिनियर तिल बहादुर रानाबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) बमोजिम तथा प्रतिवादीहरु उपभोक्ता समितिका तत्कालीन अध्यक्ष राम प्रसाद बेल्बासे, उपाध्यक्ष यमेन्द्र पौडेल र सचिव माधव प्रसाद श्रेष्ठबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) बमोजिम जफत तथा असुलउपर गरी ज्योती बहुमुखी क्याम्पस अर्घाखाँचीलाई दिलाई भराई दिने समेतको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।   


प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download
  

Other Press Release

श्री जनज्योति माध्यमिक विद्यालय, दाङका तत्कालीन लेखापाल चुडामणी पोख्रेल र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष जगदिश चौधरी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/29
नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, पुरुषोत्तम प्रसाद खनाल, निर्देशक/बरिष्ठ निर्देशक आनन्द राज खनाल, उपनिर्देशक/निर्देशक मिन प्रसाद अर्याल, सहायक निर्देशक/उपनिर्देशक विनोद चन्द्र श्रेष्ठसमेत १९ जना र २ वटा कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/28
जिल्ला सिराहा, कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख गंगा पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसमेत ५ जना र कम्पनी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/27
बिराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत तारा प्रसाद सापकोटा र भन्सार अधिकृत नवकुल शर्मासमेत ४ जना र Dev International Pvt. Ltd. उपर राजस्व चुहावट, सरकारी कागजात नोक्सान एवं गलत प्रतिवेदन दिने कार्य गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/26
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन नि. कार्यालय प्रमुख डा. सुनिल कुमार यादव, वडा अध्यक्षसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/25
सामाजिक विकास इकाई कार्यालय, राजविराज, ‍सप्तरीका सव-इन्जिनियर अजय रजक उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/22
काठमाडौं उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत (रा.प. तृतीय श्रेणी/करार) याम कुमार कार्कीउपर रु.३,२१,३२,९५६।७५ बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/21
जिल्ला सर्लाही, हरिपुर नगरपालिकाका तत्कालीन उप-प्रमुख रेणुका देवी काफ्ले, निमित्त प्रमुख प्रशासकिय अधिकृत नइन्द्र कुमार पौडेल, वडाध्यक्षसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/18